दमकमा एलपी ग्यास अभाव चुलियो

अनुगमनमा अधिकांश डिलरका गोदाममा खाली सिलिन्डर मात्रै

दमक, साउन १९ । दमकमा केही सातायता देखिएको खाना पकाउने एलपी ग्यासको अभावबारे गरिएको बजार अनुगमनले अधिकांश डिलर तथा बिक्री केन्द्रमा ग्यास नभई खाली सिलिन्डर मात्र रहेको अवस्था उजागर गरेको छ। अनुगमनका क्रममा बिक्री केन्द्रहरूमा भरिएका सिलिन्डर भेटिएनन् भने उद्योगबाट ग्यास आउनेबित्तिकै उपभोक्ताले लगेका कारण मौज्दात राख्न नसकिएको व्यवसायीहरूले बताएका छन। ग्यास अभावका कारण उपभोक्ताले बिक्री केन्द्रमा अग्रिम रूपमा आफ्नो नाम टिपाएर पालो कुरिरहेका छन्। उद्योगबाट ग्यास आपूर्ति हुनासाथ नाम दर्ता गराएका उपभोक्तालाई प्राथमिकताका आधारमा वितरण गरिँदै आएको व्यवसायीहरूको भनाइ छ।

व्यवसायीहरूका अनुसार अहिले दमक मात्र होइन, झापा र देशभर नै एलपी ग्यासको अभाव देखिएको छ। विशेषगरी काठमाडौं उपत्यकामा त उपभोक्ताहरूले खाली सिलिन्डर बोकेर घण्टौँ लाइन बस्नुपर्ने अवस्था समेत सिर्जना भएको छ। यद्यपि ग्यास व्यवसायीहरूले भने अभावको एउटा कारण उपभोक्ताको अत्यधिक भण्डारण प्रवृत्ति पनि रहेको दाबी गरेका छन्। ग्यास व्यवसायी संघ दमकका अध्यक्ष तिलक डाँगीका अनुसार एउटै परिवारले चारदेखि पाँच वटासम्म सिलिन्डर राख्ने प्रवृत्ति बढेपछि एकैपटक सबै सिलिन्डर भर्दा बजारमा असन्तुलन सिर्जना भएको हो।

उहाँले भन्नु भयो “पहिला एउटा सिलिन्डर सकिएपछि मात्रै अर्को भर्ने चलन थियो। अहिले धेरै उपभोक्ताले सबै सिलिन्डर एकैपटक भर्दा उद्योगबाट आएको ग्यास तुरुन्तै सकिने र बजारमा अभाव देखिने अवस्था बनेको छ।” ग्यास अभावको वास्तविक कारण बुझ्न दमक नगरपालिकाकी उपप्रमुख रेजिना भट्टराई प्रसाईंनेतृत्वको टोलीले मंगलबार बजार अनुगमन गरेको थियो। अनुगमनपछि उपप्रमुख प्रसाईंले बजारमा कृत्रिम अभाव नभई आपूर्ति व्यवस्थापनमा समस्या देखिएको बताउँदै ग्यास उद्योग र सम्बन्धित निकायसँग समन्वय गरेर आपूर्तिलाई सहज बनाउने प्रतिबद्धता जनाउनु भयो ।

यद्यपि उपभोक्ताहरू भने अझै पनि सास्ती खेप्न बाध्य छन्। एउटा मात्र सिलिन्डर भएका परिवारका लागि ग्यास सकिएपछि तत्काल नयाँ सिलिन्डर नपाउँदा दैनिक खाना पकाउने काम नै प्रभावित हुने गरेको छ।व्यवसायीहरूका अनुसार सरकारले केही समयअघि आधा क्षमतामा ग्यास भरेर धेरै उपभोक्तासम्म पु¥याउने रणनीति अघि सारे पनि त्यसले अपेक्षित परिणाम दिन सकेन। पर्याप्त उत्पादन र नियमित आपूर्ति हुन नसक्दा समस्या झन् लम्बिएको उनीहरूको भनाइ छ।

अब उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन उद्योग, आपूर्तिकर्ता, स्थानीय सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक देखिएको छ। साथै आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई समेत आग्रह गरिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री गुरुङको मृतक परिवारबीच वार्ता सुरु

काठमाडौं,१९ साउन । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल

बाजुराको छेडेदह तालमा ६२ वर्षीया महिला मृत फेला

बाजुरा,१९ साउन । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला पर्नु भएको छ । सोही पालिकाको वडा.नम्बर ७

ककनीलाई विकास र सम्भावनाको केन्द्र बनाउन माग

काठमाडौं,१९ साउन । अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । उहाँले ककनीलाई फोहोर

मिलापको आयोजनामा गीति एल्बम ‘जागृति’ लोकार्पण

काठमाडौँ,१९ साउन । महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पु¥याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ लोकार्पण गरिएको छ । दाहालका ‘स्वेतपत्र’ महाकाव्य र ‘योद्धा’

बजारमा ग्यास अभावबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं,१९ साउन । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । सरकारका मुख्य सचिव