व्यवसायी संघको चेतावनी

औषधि व्यवसायी संघको चेतावनी , वैशाख देखि औषधि आयात ठप्प पर्ने

aausadhi-medicine

 

 

 

 

वैशाख १ गतेदेखि औषधि आयात ठप्प गर्ने नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)ले चेतावनी दिएको छ ।

संघले आफुहरुको माग प्रति सरकारले कुनै सुनुवाइ नगरेको भन्दै वैशाख १ गतेदेखि औषधि आयातमा रोक्ने निर्णय गरेको हो ।

मृगेन्द्रमेहर श्रेष्ठले पत्रकारहरु सँग कुरा गर्दै शनिबार बसेको संघको बैठकले यसअघि पेश भएको मागको सम्वन्धमा कुनै सुनुवाई नभएको भन्दै आयात ठप्प गर्ने निर्णय गरिएको बताए।

‘आयातित औषधिमा कन्ट्री अफ ओरिजिन अनुसार त्यहाँको एमआरपी जे छ नेपालमा पनि त्यही एमआरपीमा पैठारी सिफारिस पत्र नवीकरण गर्नपाउनु पर्छ भन्ने हो,’ श्रेष्ठले भने,’ सरकारले ९६ वटा औषधिको मूल्य तोकेको छ त्यसबाहेकका औषधिहरुको मूल्य कन्ट्री अफ ओरिजिन अर्थात जहाँबाट औषधि उत्पादन हुन्छ त्यहाँको मूल्य अनुसार बेचबिखन गर्न पाउनुपर्छ ।’

संघले २७ फागुनमा औषधि व्यवस्था विभागमा महानिर्देशक भरत भट्टराईलाई माग सम्वोधन गर्न ३० दिने अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएको त्यही पनि सरकारले चासो नदिएकोले यस्तो कदम लिन आफुहरु बाध्य भएको श्रेष्ठले बताए।नेपालमा बिक्री बितरण हुने करीब ५५ प्रतिशत औषधिहरु विदेशबाट आयात हुन्छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको