व्यवसायी संघको चेतावनी

औषधि व्यवसायी संघको चेतावनी , वैशाख देखि औषधि आयात ठप्प पर्ने

 

 

 

 

वैशाख १ गतेदेखि औषधि आयात ठप्प गर्ने नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)ले चेतावनी दिएको छ ।

संघले आफुहरुको माग प्रति सरकारले कुनै सुनुवाइ नगरेको भन्दै वैशाख १ गतेदेखि औषधि आयातमा रोक्ने निर्णय गरेको हो ।

मृगेन्द्रमेहर श्रेष्ठले पत्रकारहरु सँग कुरा गर्दै शनिबार बसेको संघको बैठकले यसअघि पेश भएको मागको सम्वन्धमा कुनै सुनुवाई नभएको भन्दै आयात ठप्प गर्ने निर्णय गरिएको बताए।

‘आयातित औषधिमा कन्ट्री अफ ओरिजिन अनुसार त्यहाँको एमआरपी जे छ नेपालमा पनि त्यही एमआरपीमा पैठारी सिफारिस पत्र नवीकरण गर्नपाउनु पर्छ भन्ने हो,’ श्रेष्ठले भने,’ सरकारले ९६ वटा औषधिको मूल्य तोकेको छ त्यसबाहेकका औषधिहरुको मूल्य कन्ट्री अफ ओरिजिन अर्थात जहाँबाट औषधि उत्पादन हुन्छ त्यहाँको मूल्य अनुसार बेचबिखन गर्न पाउनुपर्छ ।’

संघले २७ फागुनमा औषधि व्यवस्था विभागमा महानिर्देशक भरत भट्टराईलाई माग सम्वोधन गर्न ३० दिने अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएको त्यही पनि सरकारले चासो नदिएकोले यस्तो कदम लिन आफुहरु बाध्य भएको श्रेष्ठले बताए।नेपालमा बिक्री बितरण हुने करीब ५५ प्रतिशत औषधिहरु विदेशबाट आयात हुन्छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत