झापा जिल्ला अदालतमा नयाँ प्रमुख न्यायाधीश राउतलाई स्वागत

भद्रपुर, २१ साउन । झापा जिल्ला अदालतमा दुई बर्षको कार्यकाल पूरा गरी प्रमुख न्यायाधीश उमेशप्रसाद लुइटेलको सरूवा भएपछि प्रमुख न्यायाधीशको रुपमा आँउनु भएको प्रकाश राउतलाई स्वागत गरिएको छ ।

 

प्रमुख न्यायाधीशको रूपमा कार्यभार सम्हाल्न आँउनु भएको राउतलाई झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल,न्यायाधीशहरु अम्बिकाप्रसाद दाहाल, पारसमणि पोखरेल, लोकबहादुर हमाल, उषा श्रेष्ठ, नारायण रिमाल, डिल्लीप्रसाद आचार्य, श्रेस्तेदार डिल्लीराम प्रसाई, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी उपरीक्षक बसुन्धरा खड्का, जिल्ला सरकारी वकील कार्यालय झापाका जिल्ला न्यायाधिवक्ता दिपेश प्रताप शाह लगायत अदालतका कर्मचारीहरू समेतले स्वागत गर्नु भएको हो।

 

प्रशासन शाखाका अनुसार झापा अदालतमा ९ जना न्यायाधीशको दरबन्दी रहेको र सामान्यतया २÷२ बर्षमा न्यायाधीशको सरुवा हुने गरेकोछ। हालै न्याय परिषदले झापा जिल्ला अदालतबाट प्रमुख न्यायाधीश उमेशप्रसाद लुइटेललाई काठमाडौं जिल्ला अदालत, न्यायाधीश महेन्द्रप्रसाद पोखरेललाई पर्सा जिल्ला अदालत र न्यायाधीश ऋतबहादुर पुलामी मगरलाई सिरहा जिल्ला अदालतमा सरूवा गरेको थियो ।

 

प्रमुख न्यायाधीशमा प्रकाश राउत तथा अन्य न्यायाधीशमा टेकनाथ गौतम र पुण्यप्रसाद सापकोटालाई पठाएसंगै सरूवा भएर आँउनु भएको अर्का न्यायाधीश सापकोटा समेतलाई स्वागत गरिएको अदालतको प्रशासन शाखाका शाखा अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिनु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘इमान्दारिता र टिमवर्कले रुग्ण उद्योग उठाउन सकिन्छ’ :प्रधानमन्त्री शाह

दमक | २४ साउन  । वर्षौंदेखि बन्द, घाटा र व्यवस्थापकीय कमजोरीको चपेटामा परेका सरकारी उद्योग तथा संस्थान पुनः सञ्चालन र सुधारको दिशामा अघि बढ्न थालेको

संसद्को गतिरोध छिटो अन्त्य गर्न सांसद राईको आग्रह

काठमाडौं,२२ साउन । श्रमसंस्कृति पार्टीका सांसद ध्रुवराज राईले लामो समयदेखि जारी संसद्को गतिरोध अन्त्य गरी जनताका मुद्दामा केन्द्रित हुन सबै राजनीतिक दललाई आग्रह गर्नु भएको

स्वास्थ्य मन्त्री मेहता र मेयर महर्जनबीच भेटघाट,स्वास्थ्य क्षेत्रबारे छलफल

काठमाडौं ,२३ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच शुक्रबार भेटवार्ता भएको छ। मानसिक अस्पताल,लगनखेल अगाडि निर्माण

इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सांसद ओलीको आग्रह

काठमाडौं ,२३ साउन ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले आन्दोलनका क्रममा वीर अस्पतालको आईसीयूमा उपचाररत इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नु

भदौदेखि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी

काठमाडौं ,२३ साउन । नेपाल शिक्षक महासंघले सरकारले गरेका सहमति कार्यान्वयन, विद्यालय शिक्षा ऐन जारी गर्नेलगायत माग पूरा नभए भदौ महिनादेखि आन्दोलनमा उत्रिने निर्णय गरेको