‘ब्लु बस’ प्रचार होइन, सुरक्षाका लागि होः मन्त्री बादी

काठमाडौं,२१ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सरकारले सञ्चालन गर्न लागेको ‘ब्लु बस’ सेवा महिला र पुरुषबीच विभाजन सिर्जना गर्ने वा प्रचारमुखी कार्यक्रम नभई सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका सुरक्षा जोखिमलाई तत्काल सम्बोधन गर्ने उद्देश्यसहित अघि सारिएको आवश्यक पहल भएको बताउनु भएको छ ।

 

राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री बादीले सार्वजनिक यातायातमा महिलाविरुद्ध हुने यौनजन्य दुव्र्यवहार, असुरक्षा, अत्यधिक भीडभाड तथा अन्य व्यावहारिक कठिनाइलाई मध्यनजर गर्दै ‘ब्लु बस’ सेवा सञ्चालन गर्न लागिएको जानकारी दिनु भएको छ।उहाँले यस सेवाले विद्यमान सार्वजनिक यातायात प्रणालीलाई प्रतिस्थापन नगर्ने र महिलालाई अन्य सार्वजनिक यातायात प्रयोग गर्न कुनै प्रकारको प्रतिबन्ध नलगाइने स्पष्ट पार्नु भयो।

 

मन्त्री बादीले समानताको अर्थ सबै नागरिकलाई एउटै व्यवहार गर्नु मात्र नभई विशेष जोखिममा रहेका नागरिकलाई आवश्यकताअनुसार विशेष संरक्षण, सुविधा र अवसर उपलब्ध गराउनु पनि भएको उल्लेख गर्दै यही संवैधानिक तथा नीतिगत मान्यताअनुरूप ‘ब्लु बस’ सेवा अघि बढाइएको बताउनु भयो ।उहाँका अनुसार सरकारको दीर्घकालीन लक्ष्य महिला र पुरुषलाई अलग–अलग यात्रा गराउनु नभई सबै नागरिकले एउटै सार्वजनिक यातायातमा सुरक्षित, सम्मानजनक र सहज रूपमा यात्रा गर्न सक्ने वातावरण निर्माण गर्नु हो। त्यसैले महिलाको तत्काल सुरक्षा सुनिश्चित गर्ने लक्षित सेवा र सार्वजनिक यातायात प्रणालीको दीर्घकालीन सुधारलाई समानान्तर रूपमा अघि बढाइनेछ।

 

मन्त्री बादीले विशेषगरी गर्भवती महिला, साना बालबालिकासहित यात्रा गर्ने आमा, ज्येष्ठ महिला, अशक्त तथा अपाङ्गता भएका महिलाले भीडभाडयुक्त सार्वजनिक यातायातमा थप कठिनाइ भोग्ने भएकाले उनीहरूको सुरक्षित आवागमन तथा शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न ‘ब्लु बस’ सेवा आवश्यक रहेको उल्लेख गर्नु भयो।उहाँले ‘ब्लु बस’ सेवाको उद्देश्य महिलालाई सार्वजनिक जीवनबाट अलग गर्नु नभई उनीहरूलाई अझ सुरक्षित, सम्मानजनक र आत्मविश्वासका साथ शिक्षा, तालिम, रोजगारी, स्वास्थ्य सेवा तथा आर्थिक एवं सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउन सक्षम वातावरण निर्माण गर्नु रहेको स्पष्ट पार्नुभयो। साथै, सेवाको प्रभावकारिता, आवश्यकता, सञ्चालन अवस्था तथा दिगोपनाको नियमित समीक्षा गरी प्राप्त नतिजाका आधारमा आवश्यक सुधार तथा निर्णय गरिने जानकारी दिइनु भयो ।

 

मन्त्री बादीले सार्वजनिक यातायातलाई सबैका लागि सुरक्षित, मर्यादित, पहुँचयुक्त र उत्तरदायी बनाउन सरकारले कानुनको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन, चालक तथा सहचालकलाई लैङ्गिक संवेदनशीलतासम्बन्धी प्रशिक्षण, जनचेतना अभिवृद्धि तथा आधुनिक प्रविधिमा आधारित सुरक्षा प्रणालीको विस्तारलाई समानान्तर रूपमा अघि बढाइरहेको बताउनु भयो।यसका साथै सार्वजनिक सवारीसाधनमा सिसिटिभी जडान, राइड सेयरिङ सेवामा एसओएस बटनको व्यवस्था, प्रभावकारी गुनासो व्यवस्थापन प्रणाली तथा सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसाविरुद्ध कडा कानुनी कार्यान्वयनलाई सरकारले निरन्तर प्राथमिकतामा राखेको उहाँले जानकारी दिइनु भयो ।

 

मन्त्री बादीले ‘ब्लु बस’ सेवा प्रचारमुखी घोषणा नभई महिलाले वर्तमानमा भोगिरहेका जोखिमको व्यावहारिक समाधान खोज्दै सुरक्षित, लैङ्गिकमैत्री, मर्यादित, पहुँचयुक्त र समावेशी सार्वजनिक यातायात प्रणाली निर्माणतर्फ अघि बढ्ने ठोस कदम भएको बताउनु भयो।उहाँले नेपाल सरकार महिला, पुरुष, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक एवं यौनिक अल्पसङ्ख्यक सहित सबै नागरिकले जुनसुकै सार्वजनिक यातायातमा सुरक्षित, सम्मानजनक र सहज रूपमा यात्रा गर्न सक्ने समावेशी सार्वजनिक यातायात प्रणाली निर्माण गर्न पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारलाई निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संसद्को गतिरोध छिटो अन्त्य गर्न सांसद राईको आग्रह

काठमाडौं,२२ साउन । श्रमसंस्कृति पार्टीका सांसद ध्रुवराज राईले लामो समयदेखि जारी संसद्को गतिरोध अन्त्य गरी जनताका मुद्दामा केन्द्रित हुन सबै राजनीतिक दललाई आग्रह गर्नु भएको

स्वास्थ्य मन्त्री मेहता र मेयर महर्जनबीच भेटघाट,स्वास्थ्य क्षेत्रबारे छलफल

काठमाडौं ,२३ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच शुक्रबार भेटवार्ता भएको छ। मानसिक अस्पताल,लगनखेल अगाडि निर्माण

इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सांसद ओलीको आग्रह

काठमाडौं ,२३ साउन ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले आन्दोलनका क्रममा वीर अस्पतालको आईसीयूमा उपचाररत इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नु

भदौदेखि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी

काठमाडौं ,२३ साउन । नेपाल शिक्षक महासंघले सरकारले गरेका सहमति कार्यान्वयन, विद्यालय शिक्षा ऐन जारी गर्नेलगायत माग पूरा नभए भदौ महिनादेखि आन्दोलनमा उत्रिने निर्णय गरेको

संसद्को समय दुरुपयोग नगर्न सभामुखको रुलिङ माग गर्दै : मनिष खनाल

काठमाडौं,२३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष खनालले संसदमा आकस्मिक समय मागेर असम्बन्धित विषयमा बोल्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न सभामुखसँग रुलिङको