झापा र सुनसरीका प्रमुखसहित सशस्त्र प्रहरीका ३३ एसपीको सरुवा

झापा,२२ साउन । सशस्त्र प्रहरी बल (एपीएफ) ले विभागीय अनुसन्धानको दायरामा तानिएका झापा र सुनसरीका प्रमुखसहित ३३ जना प्रहरी उपरीक्षक (एसपी) को एकैपटक सरुवा गरेको छ। संगठनभित्र अनुशासन, कार्यसम्पादन र सीमा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी मुख्यालयले बिहीबार यो व्यापक सरुवा सूची सार्वजनिक गरेको हो। सशस्त्र प्रहरी महानिरीक्षकको साउन २१ गतेको निर्णयअनुसार सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ तथा नियम ३५ को उपनियम (१०) को खण्ड (ग) बमोजिम सरुवा गरिएको र यो आगामी भदौ १ गतेदेखि कार्यान्वयनमा आउने मुख्यालयले जनाएको छ।

 

यसपटकको सरुवामा झापा र सुनसरीका एसपीको जिम्मेवारी हेरफेर मुख्य चासोको विषय बनेको छ। दुवै जिल्लाका प्रमुख विभागीय अनुसन्धानका लागि मुख्यालय तानिएपछि ती कार्यालयहरू निमित्त प्रमुखको भरमा सञ्चालन हुँदै आएका थिए।झापाः नम्बर–२ हेडक्वार्टरका प्रमुख एसपी अम्बिकाप्रसाद जोशीलाई रुपन्देहीस्थित नम्बर–५ बिन्ध्यवासिनी बाहिनी मुख्यालय सरुवा गरिएको छ। उहाँको स्थानमा प्रधान कार्यालयको सीमा सुरक्षा विभागमा कार्यरत एसपी सचिन कर्माचार्यलाई जिम्मेवारी दिइएको छ। एसपी जोशी मुख्यालय तानिएपछि विगत दुई सातादेखि डीएसपी मदन रसाइलीले निमित्त गणपतिका रूपमा कार्यभार सम्हाल्दै आँउनु भएको थियो।

 

सुनसरीः नम्बर–४ हेडक्वार्टरका प्रमुख एसपी श्यामकुमार कार्कीलाई बर्दाघाट (नवलपरासी) स्थित सीमा सुरक्षा तालिम शिक्षालय पठाइएको छ। सुनसरीको नयाँ कमान्ड राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय (सिंहदरबार) मा कार्यरत एसपी तीर्थबहादुर थापाले सम्हाल्ने हुनु भएको छ।स्रोतका अनुसार झापाका एसपी जोशी माथि सीमा क्षेत्रमा तस्करी नियन्त्रणमा कमजोरी, घुमुवा परिचालन गरी अवैध असुली र अनुशासनहीनताको आरोपमा अनुसन्धान सुरु गरिएको थियो। यस्तै, सुनसरीका एसपी कार्कीमाथि पनि संगठनभित्रका कर्मचारीको बयान र उजुरीका आधारमा छानबिन अघि बढाइएको हो।

 

सुनसरीमा साउन १० गते दुई समुदायबीच तनाव हुँदा सीमा सुरक्षाको नेतृत्व गर्ने अधिकारी मुख्यालयमा रहेकाले विषय थप चर्चामा आएको थियो। यद्यपि, मुख्यालयले भने यो सरुवा नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत भएको जनाएको छ।सीमा सुरक्षा, अनुशासन र आन्तरिक सुशासनमा कडाइ गर्ने नीतिअनुरूप यो कदम चालिएको र सरुवापछि पनि सम्बन्धित एसपीहरू माथिको अनुसन्धान प्रक्रिया आवश्यकतानुसार निरन्तर अघि बढ्ने स्रोतले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘इमान्दारिता र टिमवर्कले रुग्ण उद्योग उठाउन सकिन्छ’ :प्रधानमन्त्री शाह

दमक | २४ साउन  । वर्षौंदेखि बन्द, घाटा र व्यवस्थापकीय कमजोरीको चपेटामा परेका सरकारी उद्योग तथा संस्थान पुनः सञ्चालन र सुधारको दिशामा अघि बढ्न थालेको

संसद्को गतिरोध छिटो अन्त्य गर्न सांसद राईको आग्रह

काठमाडौं,२२ साउन । श्रमसंस्कृति पार्टीका सांसद ध्रुवराज राईले लामो समयदेखि जारी संसद्को गतिरोध अन्त्य गरी जनताका मुद्दामा केन्द्रित हुन सबै राजनीतिक दललाई आग्रह गर्नु भएको

स्वास्थ्य मन्त्री मेहता र मेयर महर्जनबीच भेटघाट,स्वास्थ्य क्षेत्रबारे छलफल

काठमाडौं ,२३ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच शुक्रबार भेटवार्ता भएको छ। मानसिक अस्पताल,लगनखेल अगाडि निर्माण

इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सांसद ओलीको आग्रह

काठमाडौं ,२३ साउन ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले आन्दोलनका क्रममा वीर अस्पतालको आईसीयूमा उपचाररत इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नु

भदौदेखि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी

काठमाडौं ,२३ साउन । नेपाल शिक्षक महासंघले सरकारले गरेका सहमति कार्यान्वयन, विद्यालय शिक्षा ऐन जारी गर्नेलगायत माग पूरा नभए भदौ महिनादेखि आन्दोलनमा उत्रिने निर्णय गरेको