मुटु रोगी

खानपिन र रहनसहनका कारण पछिल्लो समय मुटु रोगीको संख्या बढ्दै

सुनसरी/  पछिल्लो समय मुटु रोगीहरुको संख्या बढीरहेको पाइएको छ । खानपिन र रहनसहनका कारण मुटुरोगीको संख्यामा बृद्धि भएको पाइएको हो ।

मुुटुरोगीको संख्यामा बृद्धि भएसँगै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बरिष्ठ मुटुरोग डा. प्रशान्त शाहसँग उपचार गराउनेको भीड अत्याधिक हुने गरेको छ । आइतबार र बिहीबार ओपिडीमा बस्ने गरेका डा. शाहले दैनिक ३ सय जना भन्दा बढी बिरामीलाई चेकजाँच गर्दै आएका छन् ।

मुटुको रोगी बढ्दै जाँदा बिरामीले सहज रुपमा उपचार नपाएपछि शाहले बिरामीलाई सहज होस् भन्ने उद्देश्यले परिवर्तनका लागि सामजिक अभियान भन्ने संस्थासँग सहकार्य गरेर महिनामा दुई पटक वडावडामा चेकजाच शुरु गरेका छन् । बरिष्ठ मुटु रोग विशेषज्ञ डा. शाहले वडावडामा पुगेर ७० बर्ष माथिका मुटुरोगीहरुको उपचार गरिदिदा सर्वसाधारण दंग छन् ।

अरु बेला धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पालो कुरेर देखाउनुपर्ने अवस्था भएकाहरु वडामा पुगेर यसरी चेकजाँच गर्न पाउँदा दंग भएका हुन् । डा. प्रशान्त शाह ७० वर्ष भन्दा माथिका बृद्धबृद्धालाई लक्षित गरी अभियानले शुरु गरेको निःशुल्क उपचार प्रभावकारी बन्दै गएपछि बृद्धबृद्धा सबै मेदिनीजस्तै हर्षित बनेका हुन् ।

हरेक महिनाको पहिलो र तेश्रो शनिबार आयोजना गर्दै आईरहेको क्लिनिकमा ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुकालागि मुटुरोगसँगै, मधुमेह, उच्च रक्तचापको समेत परीक्षण हुने गरेको छ । १२ औं संस्करण सम्पन्न गरेको अभियानले १३ औं संस्करणको सामाजिक स्वास्थ्य क्लिनिक सोमबार धरान १३ कृषि बजारमा राखेको थियो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडीमा चाप अत्याधिक हुँदा बृद्धबृद्धाले सास्ती पाएको महसुश भएपछि वडावडामै गएर निःशुल्क स्वास्थ्य चेक गरिएको मुटुरोग विशेषज्ञ डा. शाहले बताउनुभयो ।

पछिल्लो समय मानिसको रहनसहन र खानपिनका कारण मुटु रोगी, मधुमेह र उच्च रक्तचापका बिरामीहरु बढेको उहाँले बताउनुभयो । सोमबार कृषि बजारमा सञ्चालन गरेको शिविरमा ७७ जना बिरामीको स्वास्थ्य परिक्षण गरिएको थियो । अभियनले कार्यक्रम शुरुदेखि नवौं संस्करणसम्म धरान मोडल कलेजमा आयोजना गरेको थियो ।

यसलाई वडा वडामा पुर्याउने उद्देश्य अनुरुप एकीकृत कार्यक्रमलाई वडा वडामा पुर्याइेको स्वास्थ्य शिविरका संयोजक त्रिभुवन बरालले बताउनुभयो । अहिले वडालाई केन्द्रित गरेसकेपछि हालसम्म धरान १८, २ र १ मा सम्पन्न गरिसकेको उहाँको भनाई छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा