मुटु रोगी

खानपिन र रहनसहनका कारण पछिल्लो समय मुटु रोगीको संख्या बढ्दै

सुनसरी/  पछिल्लो समय मुटु रोगीहरुको संख्या बढीरहेको पाइएको छ । खानपिन र रहनसहनका कारण मुटुरोगीको संख्यामा बृद्धि भएको पाइएको हो ।

मुुटुरोगीको संख्यामा बृद्धि भएसँगै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बरिष्ठ मुटुरोग डा. प्रशान्त शाहसँग उपचार गराउनेको भीड अत्याधिक हुने गरेको छ । आइतबार र बिहीबार ओपिडीमा बस्ने गरेका डा. शाहले दैनिक ३ सय जना भन्दा बढी बिरामीलाई चेकजाँच गर्दै आएका छन् ।

मुटुको रोगी बढ्दै जाँदा बिरामीले सहज रुपमा उपचार नपाएपछि शाहले बिरामीलाई सहज होस् भन्ने उद्देश्यले परिवर्तनका लागि सामजिक अभियान भन्ने संस्थासँग सहकार्य गरेर महिनामा दुई पटक वडावडामा चेकजाच शुरु गरेका छन् । बरिष्ठ मुटु रोग विशेषज्ञ डा. शाहले वडावडामा पुगेर ७० बर्ष माथिका मुटुरोगीहरुको उपचार गरिदिदा सर्वसाधारण दंग छन् ।

अरु बेला धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पालो कुरेर देखाउनुपर्ने अवस्था भएकाहरु वडामा पुगेर यसरी चेकजाँच गर्न पाउँदा दंग भएका हुन् । डा. प्रशान्त शाह ७० वर्ष भन्दा माथिका बृद्धबृद्धालाई लक्षित गरी अभियानले शुरु गरेको निःशुल्क उपचार प्रभावकारी बन्दै गएपछि बृद्धबृद्धा सबै मेदिनीजस्तै हर्षित बनेका हुन् ।

हरेक महिनाको पहिलो र तेश्रो शनिबार आयोजना गर्दै आईरहेको क्लिनिकमा ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुकालागि मुटुरोगसँगै, मधुमेह, उच्च रक्तचापको समेत परीक्षण हुने गरेको छ । १२ औं संस्करण सम्पन्न गरेको अभियानले १३ औं संस्करणको सामाजिक स्वास्थ्य क्लिनिक सोमबार धरान १३ कृषि बजारमा राखेको थियो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडीमा चाप अत्याधिक हुँदा बृद्धबृद्धाले सास्ती पाएको महसुश भएपछि वडावडामै गएर निःशुल्क स्वास्थ्य चेक गरिएको मुटुरोग विशेषज्ञ डा. शाहले बताउनुभयो ।

पछिल्लो समय मानिसको रहनसहन र खानपिनका कारण मुटु रोगी, मधुमेह र उच्च रक्तचापका बिरामीहरु बढेको उहाँले बताउनुभयो । सोमबार कृषि बजारमा सञ्चालन गरेको शिविरमा ७७ जना बिरामीको स्वास्थ्य परिक्षण गरिएको थियो । अभियनले कार्यक्रम शुरुदेखि नवौं संस्करणसम्म धरान मोडल कलेजमा आयोजना गरेको थियो ।

यसलाई वडा वडामा पुर्याउने उद्देश्य अनुरुप एकीकृत कार्यक्रमलाई वडा वडामा पुर्याइेको स्वास्थ्य शिविरका संयोजक त्रिभुवन बरालले बताउनुभयो । अहिले वडालाई केन्द्रित गरेसकेपछि हालसम्म धरान १८, २ र १ मा सम्पन्न गरिसकेको उहाँको भनाई छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको देश होइन ? ज्ञानेन्द्र शाही

काठमाडौं,२६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमासम्बन्धी विषयलाई राष्ट्रिय सरोकारको अतिसंवेदनशील मुद्दा भएको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभाको

के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो ?

काठमाडौं,२७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आइरहेको बताउनु भएको

दुई देशको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो परराष्ट्रमन्त्री खनाल

काठमाडौं २७ जेठ। परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने आधार तयार गरेको बताउनु भएको छ । बुधबार बसेको प्रतिनिधिसभा

पेलेर जाने कि सम्हालेर लाने ? हर्क साम्पाङ

  काठमाडौं,२८ जेठ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेनको सिमा विवाद सम्बन्धी धारणा लिखितरुपमा भएपनि आउनुपर्ने बताउनु भयो । प्रतिनिधिसभाको बैठकमा बोल्दै

शैक्षिक परामर्श सेवामा धरौटी : राज्य किन “हलो अड्काएर गोरु कुट्ने” बाटोमा ?

विद्यार्थीको भविष्य सुरक्षित बनाउने नाममा राज्यले ल्याउन खोजेको अत्यधिक धरौटीको व्यवस्था वास्तवमै समाधान हो कि समस्याको अर्को रूप ? आज यो प्रश्न शैक्षिक परामर्श क्षेत्रमा

सहकारी क्षेत्र बिकासका लागि हस्तक्षेपकारी होइन सहयागि बन्नु पर्छ : सचिव भुजेल

काठमाडौं,२७ जेठ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताउनु भएको