बिना सूचना होटलमा पुगेर अनावश्यक चेकजाँच नगर्ने

दमकका होटल व्यवसायीले किन भेटे प्रहरीको टिमलाई?

दमक । २४ साउन । दमकका होटल व्यवसायीले प्रहरीको टिमलाई बोलाएर गम्भीर छलफल गरेका छन्।

दमकमा बढ्दो लागुऔषधको प्रयोग, होटलमा हुन सक्ने गैरकानुनी गतिविधि, विद्यार्थीको आवतजावत र व्यवसाय सञ्चालनको समयलाई लिएर होटल व्यवसायी संघ दमक र इलाका प्रहरी कार्यालय दमकबीच गम्भीर छलफल भएको हो।

होटल व्यवसायीले आफ्ना होटलमा सीसी क्यामेरा जडान गर्ने र होटलमा आउने पाहुनाको पूर्ण अभिलेख राख्ने कुराईलाई कडिकडाउ गर्न प्रहरीले अनुरोध गरेको छ

स्कुल तथा कलेजको पोसाकमा आउने विद्यार्थीलाई नास्ता र खाना बाहेक धूम्रपान, मद्यपान वा कोठा उपलब्ध गराएको पाइएमा त्यसको जिम्मेवारी होटल सञ्चालकले समेत लिनुपर्ने इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख डि एस पि हरि बस्नेतले अनुरोध गर्नुभयो ।

त्यस्तै, अत्यावश्यक अवस्थाबाहेक तोकिएको समयभन्दा बढी होटल तथा व्यवसाय सञ्चालन नगर्ने विषयमा पनि सहमति भएको छ।

तर होटल व्यवसायीले प्रहरीसमक्ष अर्को विषय पनि उठाएका छन्।

प्रहरीले बिना सूचना होटलमा पुगेर अनावश्यक चेकजाँच नगर्ने सहमति जनाएको छ। व्यवसायीले व्यवसाय सञ्चालनमा सुरक्षा र मर्यादा कायम गर्न आफूहरू तयार रहेको भन्दै अनावश्यक दुःख नदिन प्रहरीसँग आग्रह गरेका होटक व्यवसायी संघका केन्द्रीय सचीव  भुपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

छलफलमा कानुनले निषेध गरेका कुनै पनि गतिविधि हुन नदिन दुवै पक्षले सहकार्य गर्ने र त्यस्ता गतिविधि दोहोरिएको पाइएमा कानुनअनुसार कडाइ गर्ने सहमति भएको पनि जनाईएको छ ।

दमकमा बढ्दो लागुऔषध नियन्त्रणका लागि प्रहरीले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ। साथै, जुन शीर्षकको इजाजत लिएर व्यवसाय सञ्चालन गरिएको हो, त्यही प्रकृतिको व्यवसाय मात्र सञ्चालन गर्न सम्बन्धित व्यवसायीलाई सचेत गराउने सहमति पनि भएको छ।

इलाका प्रहरी कार्यालय दमकमा भएको छलफलमा कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत, प्रहरी निरीक्षक प्रमोद खड्का लगायत प्रहरी अधिकारी सहभागी थिए।

होटल व्यवसायी संघ दमकका अध्यक्ष योगराज दंगाल, उपाध्यक्षद्वय रुद्र कार्की र डुका कुमाल, महासचिव भूपेन्द्र न्यौपाने, सचिव रमेश दाहालसहित कार्यसमिति सदस्यहरूको सहभागिता थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका होटल व्यवसायीले किन भेटे प्रहरीको टिमलाई?

दमक । २४ साउन । दमकका होटल व्यवसायीले प्रहरीको टिमलाई बोलाएर गम्भीर छलफल गरेका छन्। दमकमा बढ्दो लागुऔषधको प्रयोग, होटलमा हुन सक्ने गैरकानुनी गतिविधि, विद्यार्थीको

मन्त्रालयका ऐतिहासिक दस्तावेज संरक्षणमा गम्भीर छौँ : मन्त्री खनाल

काठमाडौं,२५ साउन । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज, कागजात, तथ्य तथा प्रमाणको संरक्षणलाई सरकारले गम्भीरताका साथ अघि बढाएको बताएका छन्। सोमबार बसेको

विराटनगर जुट मिल फेरि सञ्चालन गर्ने तयारीमा

विराटनगर , २५ साउन ।वर्षौंदेखि बन्द रहेको विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने तयारी सरकारले थालेको छ। मिलको आर्थिक, प्राविधिक र कानुनी अवस्था अध्ययन गर्न

चार महिनापछि कूटनीतिक भेटघाटमा सक्रिय प्रधानमन्त्री बालेन्द्र शाह

काठमान्डौं ,२५ साउन । सरकार गठन भएको चार महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह कूटनीतिक भेटघाटमा सक्रिय हुनु भएको छ। यसअघि विदेशी राजदूत तथा पाहुनासँग एक्लाएक्लै भेट

मधेशबाट दाइजो प्रथाविरुद्ध राष्ट्रिय अभियान सुरु गरिने

काठमाडौं,२५ साउन । दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी क्रमशः देशभर विस्तार गर्ने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

श्रीकृष्ण रथयात्रा : धर्म, संस्कृति र दमकको साझा पहिचानको अभियान

श्रीकृष्ण रथयात्राको अर्को महत्वपूर्ण पक्ष सामाजिक एकता हो। धार्मिक तथा सांस्कृतिक गतिविधिले समाजलाई विभाजित होइन, जोड्ने काम गर्नुपर्छ।