‘बालबालिकासम्बन्धी ऐन’ संशोधन विधेयक संसद् सचिवालयमा दर्ता

१२ वर्षमुनिका बालबालिकालाई फौजदारी दायित्वबाट पूर्ण छुटको प्रस्ताव (सिफारिस गरिएको छ)

काठमाडौँ,२६ साउन । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘बालबालिका सम्बन्धी ऐन, २०७५’ लाई संशोधन गर्न बनेको विधेयक २०८३ संघीय संसद् सचिवालयमा दर्ता गराएको छ। मन्त्री सिता बादीद्वारा दर्ता गराइएको उक्त विधेयकले बालबालिकाको परिभाषा, कानुनी उमेर र बाल न्याय प्रणालीमा महत्त्वपूर्ण परिवर्तनको प्रस्ताव गरेको छ।

 

प्रस्तावित विधेयकमा बालबालिकाको परिभाषा फराकिलो बनाउँदै ‘सन्तान’ भन्नाले छोरा, छोरीका साथै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक बालबालिकालाई समेत समेटिएको छ। यस्तै, जिल्ला प्रशासन कार्यालयले प्रमाणित गरेपछि मात्र बेवारिसे, बाबुआमाको ठेगाना नभएका वा अस्पतालमा छाडिएका बालबालिकालाई ‘अनाथ’ मानिने व्यवस्था गरिएको छ।

 

के–के छन् मुख्य परिवर्तनहरू?

फौजदारी दायित्वको उमेर सीमा वृद्धिः १० वर्षमुनिका बालबालिकालाई मुद्दा नचलाउने साविकको व्यवस्थालाई संशोधन गरी १२ वर्ष बनाउने प्रस्ताव गरिएको छ, जसले १२ वर्षमुनिका बालबालिकालाई फौजदारी दायित्वबाट पूर्ण छुट दिनेछ।

 

बाल अदालतको अधिकारः १८ वर्ष उमेर पूरा गरेपछि फेला परेका कसूरजन्य कार्यमा संलग्न व्यक्तिलाई पनि बाल अदालतले नै कारबाही र किनारा गर्नेछ।

 

भ्रमण र काममा कडाइः बालबालिकालाई घरेलु कामदार र जोखिमपूर्ण काममा लगाउन पूर्ण निषेध गरिएको छ। साथै, अध्ययन वा भ्रमणका लागि नेपालबाहिर लैजान स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य स्वीकृति लिनुपर्नेछ।

 

प्यारोल र सुधार गृहको नयाँ व्यवस्थाः बाल सुधार गृहमा रहेका बालबालिकाको आचरणमा सुधार आएमा, शिक्षा÷सीप निरन्तरता दिएमा वा गम्भीर रोग लागेमा बाँकी अवधि घटाउन÷छुट दिन सकिने (प्यारोल) व्यवस्था गरिएको छ। तर, १८ वर्ष पूरा भई आचरणमा सुधार नआएकालाई कारागार पठाउन सकिनेछ।

 

स्थानीय तहमा संरचनाः वडा अध्यक्षको अध्यक्षतामा ‘वडा बाल अधिकार समिति’ गठन गरिनेछ। साथै, ‘बाल मनोवैज्ञानिक’ शब्दलाई परिमार्जन गरी ‘बाल मनोविमर्शकर्ता’ बनाइएको छ।

 

नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हकको कार्यान्वयन, अन्तर्राष्ट्रिय अभ्यास र बाल न्याय प्रणालीलाई थप बालमैत्री बनाउन यो संशोधन विधेयक ल्याइएको मन्त्रालयले जनाएको छ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कर्णालीमा विश्वासको मत भन्दा फ्लोर र सांसद किनबेच हुन्छ : केपी खनाल

काठमाडौं,२६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले प्रदेश सरकारमा देखिएको राजनीतिक अस्थिरताले सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिमका जनता प्रभावित भएको बताउनु

मन्त्री सिता बादी र अष्ट्रेलियाली राजदूत बीच भेटवार्ता

काठमाडौं, २६ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच मंगलबार मन्त्रालयमा

‘प्रधानमन्त्री कुन कुम्भकर्णको निद्रामा हुनुहुन्छ?’ : सांसद स्वाँर

काठमाडौं,२६ साउन । नेपाली कांग्रेसका सांसद भरतकुमार स्वाँरले प्रधानमन्त्रीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सरकारका कामकारबाही माथि प्रश्न उठाउनु भएको छ ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै स्वाँरले

वर्षा र पहिरोले देशका ७ सडकखण्ड ठप्प

काठमाडौं,२६ साउन । वर्षा, पहिरो तथा नदी कटानका कारण देशका विभिन्न जिल्लाका ७ सडकखण्डमा यातायात अवरुद्ध भएको छ।प्रहरीका अनुसार काभ्रे–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको

मल अभावबारे सरकारसँग एमालेको जवाफ माग

काठमाडौं , २६ साउन । नेकपा एमालेका सांसद चन्द्रेश्वर मन्डलले किसानले रासायनिक मलको अभाव झेलिरहेको भन्दै सरकारसँग जवाफ माग्नु भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा

केटाकेटीपनबाट देश सञ्चालन हुन सक्दैन् : अध्यक्ष राई

काठमाडौं ,२६ साउन। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार नागरिकलाई सुरक्षा, न्याय, सेवा सुविधा र अवसर दिन असफल भएको आरोप लगाउनु भएको छ