झारखण्डमा परीक्षा अनियमितताविरुद्ध विद्यार्थी आन्दोलन चर्कियो

काठमाडौं,२६ साउन । भारतको झारखण्डमा परीक्षा तथा सरकारी कर्मचारी भर्ती प्रक्रियामा कथित अनियमितताको विरोधमा विद्यार्थी तथा रोजगारीका आकांक्षीको आन्दोलन चर्किएको छ । आन्दोलनकै क्रममा अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ले मंगलबार पुरानो विधानसभादेखि नयाँ विधानसभासम्म विरोध प्रदर्शन गरेको छ ।झारखण्ड लोकसेवा आयोग (जेपीएससी) र झारखण्ड स्टाफ सेलेक्सन कमिसन (जेएसएससी) का परीक्षार्थीले लामो समयदेखि विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन् ।

 

विशेषगरी जेएसएससीको संयुक्त स्नातक तह (सीजीएल) परीक्षा रद्द गर्नुपर्ने, परीक्षामा भएको भनिएको अनियमितताबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) बाट छानबिन गर्नुपर्ने तथा सरकारी भर्ती प्रक्रियामा सुधार गर्नुपर्ने माग उनीहरूले अघि सारेका छन् ।सोमबार पनि जेपीएससी र जेएसएससीका परीक्षार्थीले विधानसभातर्फ ‘घेराउ’ मार्च गरेका थिए । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र पानीको फोहोरा प्रयोग गरेको थियो । त्यसपछि विद्यार्थी आन्दोलन थप राजनीतिक विषय बनेको हो ।

 

झारखण्ड विधानसभामा विपक्षी दलका नेता तथा भारतीय जनता पार्टी (भाजपा) का नेता बाबुलाल मरान्डीले विद्यार्थीमाथि बल प्रयोग गरेर उनीहरूको आवाज दबाउन नसकिने बताउनु भएको छ । उहाँले विद्यार्थीको मुख्य माग सीबीआई छानबिन रहेको दाबी गर्दै दोषीलाई कारबाही र निर्दोषलाई सफाइ दिन निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताउनु भयो । सरकारले विद्यार्थीको माग स्वीकार गर्नुको सट्टा बल प्रयोग गरेर आन्दोलन दबाउन खोजेको आरोप लगाउँदै उनले आन्दोलन झारखण्डका गाउँ–गाउँसम्म फैलिने चेतावनी दिनु भयो ।

 

सोमबार प्रदर्शनका क्रममा प्रशासनले लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेको भन्दै भाजपा झारखण्डले विद्यार्थीको समर्थनमा मंगलबार राज्यव्यापी बन्द आह्वान गरेको मरान्डीले बताउनु भयो ।यता सत्तारूढ झारखण्ड मुक्ति मोर्चा (जेएमएम) की सांसद महुआ माजीले भने भाजपाले विद्यार्थीलाई राजनीतिक रूपमा उक्साइरहेको आरोप लगाउनु भएको छ् । उहाँले विद्यार्थीका अधिकांश माग सरकारले स्वीकार गरिसकेको दाबी गर्दै बाँकी विषय पनि सरकारले अध्ययन गरिरहेको बताउनु भयो ।माजीका अनुसार विद्यार्थीका करिब ९८ प्रतिशत माग स्वीकार भइसकेका छन् भने बाँकी २ प्रतिशत माग सरकारको प्रत्यक्ष क्षेत्राधिकारमा नरहेको दाबी गर्नु भयो । जेएसएससी–सीजीएल परीक्षासम्बन्धी विषय अदालतमा विचाराधीन रहेकाले परीक्षा रद्द गर्ने निर्णय तत्काल गर्न नसकिने उहाँको भनाइ छ ।

 

उहाँले सीजीएल परीक्षा रद्द गर्दा परीक्षामा सहभागी अन्य युवामाथि अन्याय हुन सक्ने बताउनु भयो । झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले पनि विद्यार्थीका मागबारे अध्ययन गर्ने आश्वासन दिएको उहाँले उल्लेख गर्नु भयो ।विद्यार्थी आन्दोलनले राजनीतिक रूप लिएसँगै राँचीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । परीक्षा तथा भर्ती प्रक्रियामा पारदर्शिता र निष्पक्ष छानबिनको माग गर्दै विद्यार्थी तथा रोजगारीका आकांक्षीको प्रदर्शन जारी रहेकाले झारखण्डमा राजनीतिक तनावसमेत बढेको छ । एएनआई

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,