" होम्ताङ आयूर्वेदिक अस्पताल सञ्चालनमा"

दमकमा खुल्यो आयूर्वेदिक अस्पताल, आयूर्वेद पद्धतीको विस्वास बढेको ठहर

दमक/

झापाको दमक ६ मा होम्ताङ आयूर्वेदिक अस्पताल सञ्चालनमा आएको छ । विभिन्न रोगहरुको आयूर्वेदिक पद्धतीद्धारा उपचार गर्ने लक्ष्यका साथ १ करोड रुपैँया लगानीमा अस्पताल सञ्चालनमा आएको हो । अस्पतालको प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले गर्नु भएको थियो ।
दमक ६ थानारोडमा नयाँ आयूर्वेदिक अस्पतालमा सञ्चालनमा आएको छ ।

निजी स्तरको लगानीमा स्थापीत अस्पतालमा विभिन्न रोगको आयूर्वेदिक पद्धतीद्धारा उपचार गरिने बताइएको छ । छारसुत्र, पञ्चकर्म, जानुबस्ती, पोट्टली स्वेद, शिरोधार, लगायतका पद्धतीद्धारा बिना दुखाई विभिन्न प्रकारका रोगको उपचार यहाँ हुन्छ ।

प्राचीन यूगको उपचार पद्धती र यसमा प्रयोग हुने औषधि अर्थात जडीबुटिको नेपालमा प्रचुर सम्भावना भएपनि यसको प्रर्वधन हुन नसकेको नेपाल आयूर्वेदिक औषधि संघका केन्द्रिय सदस्य गंगा ढकालले बताउनु भयो । होम्ताङ आयूर्वेदिक अस्पतालको उद्धघाटन कार्यक्रममा बोल्दै ढकालले यसका उपचारका पद्धतीलाई राज्य स्तरबाटै पनि प्रर्वधन गरिनुपर्ने बताउनु भयो ।

अहिले जुन मात्रामा यसको प्रचार भएको छ त्यो पर्याप्त नभएको र यसमा सरकारले लगानी बढाउनु पर्नेमा उहाँको जोड थियो । आयूर्वेदिक उपचार मार्फत अन्य उपचार पद्धतीबाट निको नभएका दिर्घरोगीहरुको पनि सफल उपचार हुने गरेको स्मरण गर्दै यसलाई थप प्रर्वधन गर्न आवश्यक रहेको औँल्याउनु भयो ।

अस्पतालको उद्धघाटन सत्रमा बोल्दै प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले आयूर्वेदिक उपचार पद्धतीको विकास हुने क्रम सुरु भएको बताउनु भयो । यो उपचार पद्धतीमा पनि आम नागरिकको विस्वास बढेकोले नै ठाउँ ठाउँमा यस सम्बन्धीका औषधि पसल खुल्नु र पछिल्लो समय अस्पतालहरुनै सञ्चालनमा आउनु नागरिकमा आयूर्वेदिक प्रतीको विस्वास बढ्दै गएको बताउनु भयो ।

यसलाई थप व्यवस्थित गर्दै राज्य स्तरबाट पनि नितीगत रुपमा निणर्य गराएर अघी बढ्न आफु तयार रहेको उहाँले प्रतिवद्धता जनाउनु भयो । आफु यस अघि सामाजीक विकास मन्त्री हुँदा र अहिले त्यहि मन्त्रालय फुटेर बनेको बेग्लै स्वास्थ्य मन्त्रालय बन्नु पनि प्रदेश १ सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखीको भन्ने कुरा बुझ्न पनि उहाँले अनुरोध गर्नुm भएको छ । पहिला एकै मन्त्रालयबाट धेरै क्षेत्रको काम गर्नुपर्दा खास सफलता नमिलेको तर अव स्वास्थ्यको मात्रै काम गर्ने गरिको मन्त्रालय छुट्टिएकोले स्वास्थ्यको क्षेत्रमा प्रदेश सरकारबाट उल्लेख्य काम हुने दावी गर्नु भएको छ ।

बुधबारबाट सञ्चालनमा आएको होम्ताङ आयूर्वेदिक अस्पतालमा १४ शैयाको व्यवस्था गरिएको छ । आम मानिसमा लाग्ने सामान्य तथा जटिल सबै प्रकारका रोगको आयूर्वेदिक उपचार पद्धतीको विकसित प्रविधिको प्रयोग गरेर उपचार गरिने अस्पतालका सञ्चालक समितीका अध्यक्ष महेक थापाले जानकारी दिनुभयो । यो अस्पतालमा थापा सहित दिप लिम्बु र डा. प्रकाश लिम्बुको पनि लगानी रहेको छ ।

Share: