होर्मुज जलमार्ग विवाद

हस्तक्षेप गरे ओमान माथि सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

काठमाडौं,२ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग होर्मुज जलमार्गको नियन्त्रण तथा सुरक्षित व्यावसायिक आवागमन सम्बन्धी सम्झौतामा ओमानले हस्तक्षेप गरे अमेरिकाले कडा सैन्य कारबाही गर्ने चेतावनी दिनु भएको छ।सोमबार फक्स न्युजका संवाददाता ट्रेइ यिङ्स्टसँगको फोनवार्ताका क्रममा ट्रम्पले ओमानले अमेरिकी अडानमा अवरोध गरे ‘बम खसाल्ने’ चेतावनी दिनु भएको हो। पश्चिम एसियामा जारी तनाव र इरानसँगको वार्ताको अवस्थाबारे छलफल गर्दै ट्रम्पले इरानले आत्मसमर्पणको संकेत दिनुपर्ने बताउनु भएको छ् ।

 

जुनमा युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ता अघि बढाउन अमेरिका र इरानबीच भएको ६० दिने समझदारीको अवधि समाप्त हुन लागेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो । यद्यपि उहाँले इरानमाथि दबाब बढाउने विषयमा आफू कुनै निश्चित समयसीमामा नरहेको र ‘हतारमा नरहेको’ बताउनु भएको छ ।होर्मुज जलमार्गमा नियन्त्रणसम्बन्धी इरान र ओमानबीच भइरहेको समानान्तर वार्ताबारे प्रश्न गर्दा ट्रम्पले ओमानले अमेरिकी कदममा हस्तक्षेप गरे कडा कारबाही गर्ने चेतावनी दिनु भएको छ।

 

ट्रम्पले इरानमाथि अमेरिकी नौसैनिक नाकाबन्दी जारी रहेको र यसले तेहरानमाथि थप आर्थिक दबाब सिर्जना गरिरहेको दाबी गर्नु भएको छ् । उहाँले इरानीहरू ‘राम्रा पोकर खेलाडी’ भए पनि अहिले कठिन अवस्थामा रहेको टिप्पणी गर्नु भयो। आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनले आफ्ना निर्णयलाई प्रभावित नगरेको उहाँको भनाइ छ ।अमेरिकी हतियार भण्डारबारे पनि ट्रम्पले अहिलेसम्म पश्चिम एसियामा प्रयोग गरिएका हतियारको मात्रा निकै कम भएको बताउनु भएको छ । उहाँका अनुसार अमेरिकासँग मध्यमस्तरका हतियारको ठूलो भण्डार रहे पनि पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा अत्याधुनिक हतियार तथा हवाई रक्षा प्रणालीको ठूलो हिस्सा युक्रेनलाई उपलब्ध गराइएको थियो ।

 

यसैबीच, इरान र ओमानले होर्मुज जलडमरूमध्यबाट व्यावसायिक जहाजको सुरक्षित आवागमन सुनिश्चित गर्ने संयन्त्र निर्माणका लागि वार्ता जारी राखेका छन् । प्राविधिक छलफलपछि दुवै देशले जलमार्गका लागि संयुक्त ढुवानी मार्गको नक्सासमेत अन्तिम रूप दिएका छन् ।इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले वार्ता जारी रहेको पुष्टि गर्दै विषय जटिल भएकाले सहमति हुन समय लागेको बताउनु भएको छ् । उहाँका अनुसार वार्तामा धेरै पक्षको संलग्नता र केही पक्षबाट भइरहेको ‘विध्वंसकारी प्रयास’का कारण प्रक्रिया लम्बिएको हो ।

 

बघाईले वार्ताको मुख्य उद्देश्य होर्मुज जलडमरूमध्यमा दुवै तटीय राष्ट्रको सार्वभौमसत्ता कायम राख्दै व्यावसायिक जहाजको सुरक्षित आवागमन सुनिश्चित गर्ने संयन्त्र निर्माण गर्नु रहेको बताउनु भएको छ।विश्वको प्रमुख तेल तथा ऊर्जा ढुवानी मार्गमध्ये एक होर्मुज जलडमरूमध्यमा तनाव बढ्दा विश्वव्यापी ऊर्जा आपूर्ति तथा तेलको मूल्यमा समेत प्रत्यक्ष असर पर्न सक्ने भएकाले अमेरिका, इरान र ओमानबीचको पछिल्लो गतिविधिलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,