’सेभ अमेरिका एक्ट’ पारित गर्न माग

२०२० को निर्वाचनमा २४ हजार गैरनागरिकले मतदान गरेको ट्रम्पको दाबी

काठमाडौं,३ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजारभन्दा बढी गैरअमेरिकी नागरिकले अवैध रूपमा मतदान गरेको दाबी गर्नु भएको छ् । उहाँले अमेरिकी जनगणना ब्युरोले मतदाता अभिलेख र नागरिकताको अभिलेखबीच तुलना गर्ने क्रममा यस्तो तथ्य फेला परेको बताउनु भएको छ।ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै जनगणना ब्युरोले पहिलो १२ करोड ८० लाख मतदाताको विवरण परीक्षण गर्दा २४ हजारभन्दा बढी गैरनागरिकले अवैध रूपमा मतदान गरेको प्रमाणित भएको दाबी गरेका छन् । बाँकी ३ करोड २० लाख मतदाताको विवरणसमेत परीक्षण गरिने र त्यसपछि यो संख्या अझ बढ्ने उहाँको भनाइ छ ।

 

ट्रम्पले सन् २०२० को निर्वाचनमा आफू विजयी भएको दाबी दोहो¥याउँदै अमेरिकी संसद्लाई ‘सेभ अमेरिका एक्ट’ पारित गर्न पनि आग्रह गर्नु भएको छ । गत जनवरी २९ मा अमेरिकी संसद्मा प्रस्तुत गरिएको ‘सेफगार्ड अमेरिकन भोटर इलिजिबिलिटी अमेरिका एक्ट’ले संघीय निर्वाचनमा मतदाता नामावलीमा दर्ता हुँदा अमेरिकी नागरिकताको भौतिक प्रमाण अनिवार्य गर्ने प्रस्ताव गरेको छ ।यसअन्तर्गत राहदानी वा जन्मदर्ता प्रमाणपत्रजस्ता कागजात पेश गर्नुपर्ने तथा मतदानका क्रममा वैध फोटो परिचयपत्र देखाउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । प्रस्तावित कानुनले बिरामी, शारीरिक अशक्तता, सक्रिय सैन्य सेवा वा यात्रा गर्नुपर्ने अवस्थाजस्ता निश्चित परिस्थितिबाहेक हुलाकमार्फत मतदानमा समेत प्रतिबन्ध लगाउने व्यवस्था अघि सारेको छ । साथै, संघीय तथ्यांकको प्रयोग गरी मतदाता नामावलीबाट गैरनागरिकको नाम हटाउने व्यवस्था गर्न राज्यहरूलाई निर्देशन दिने प्रस्ताव गरिएको छ ।

 

ट्रम्पले भारतको निर्वाचन प्रणालीको उदाहरण दिँदै अमेरिकामा मतदाता परिचयपत्रसम्बन्धी व्यवस्था थप कडा बनाउनुपर्ने धारणा पनि राख्नु भएको छ । उहाँले भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले यसै महिनाको सुरुआतमा अमेरिकाको निर्वाचनमा वैध फोटो परिचयपत्रबिना कसरी मतदान हुन्छ भनेर प्रश्न गरेको दाबी गर्नु भएको छ् ।ट्रम्पका अनुसार भारतको पछिल्लो आमनिर्वाचनमा ६४ करोड ६० लाखभन्दा बढी मतदाता सहभागी भएका थिए र १ प्रतिशतभन्दा कम मत हुलाकमार्फत परेको थियो । उहाँले प्रत्येक मतदाताले वैध फोटो परिचयपत्र देखाउनुपर्ने व्यवस्थाको उल्लेख गर्दै अमेरिकामा पनि त्यस्तै व्यवस्था आवश्यक रहेको बताउनु भएको छ ।

 

यसैबीच, ह्वाइट हाउसले पनि सेभ अमेरिका एक्टलाई संघीय निर्वाचनमा अमेरिकी नागरिकले मात्र मतदान गर्ने सुनिश्चित गर्ने उद्देश्यको कानुनका रूपमा व्याख्या गरेको छ ।ह्वाइट हाउसका अनुसार प्रस्तावित कानुनले मतदाता दर्ताका क्रममा नागरिकताको प्रमाण र वैध परिचयपत्र अनिवार्य गर्नुका साथै हुलाक मतदानमा सीमितता र मतदाता नामावलीबाट गैरनागरिक हटाउने व्यवस्था गर्नेछ । ह्वाइट हाउसले भारत र ब्राजिलमा मतदाता परिचयलाई बायोमेट्रिक प्रणालीसँग जोडिएको उल्लेख गर्दै अमेरिकाको निर्वाचन प्रणाली तुलनात्मक रूपमा कम कडा रहेको दाबी गरेको छ ।

 

भारतमा मतदाताको पहिचानका लागि एपिक अर्थात् मतदाता फोटो परिचयपत्र प्रणाली प्रयोग हुँदै आएको छ । सन् २०२४ को लोकसभा निर्वाचन सात चरणमा सम्पन्न भएको थियो, जसमा ६४ करोड २० लाखभन्दा बढी मतदाता सहभागी भएका थिए र समग्र मतदानदर ६५.७९ प्रतिशत रहेको थियो ।यद्यपि, ट्रम्पले गैरनागरिकले २०२० को निर्वाचनमा २४ हजारभन्दा बढी मतदान गरेको दाबी गरेको विषयमा थप स्वतन्त्र प्रमाण तथा विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२०२० को निर्वाचनमा २४ हजार गैरनागरिकले मतदान गरेको ट्रम्पको दाबी

काठमाडौं,३ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजारभन्दा बढी गैरअमेरिकी नागरिकले अवैध रूपमा मतदान गरेको दाबी गर्नु भएको छ्

प्रशिक्षार्थी चिकित्सकको भत्ता र कार्यअवधिबारे सरोकारवालासँग छलफल

काठमाडौं,३ भदौ । प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता, काम गर्ने अवधि, उनीहरूको व्यावसायिक दक्षता तथा चिकित्सा शिक्षाको गुणस्तर बढाउने लगायतका विषयमा छलफल भएको छ

पाथीभरामा एकै वर्षमा ४ करोड ८२ लाख बढी भेटी संकलन

ताप्लेजुङ,३ भदौ । ताप्लेजुङमा अवस्थित पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन भएको छ । गत साउन महिनादेखि असार महिना सम्ममा चार

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा