बीपी प्रतिष्ठानको इमर्जेन्सी विभाग विस्तार

 

 

 

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी विभागको स्तरोन्नति गरेको छ । बेड अभावका कारण बिरामीलाई भुइँमा राखेर उपचार गर्दै आएको अस्पतालको इमर्जेन्सी विभागमा दैनिक २ सयदेखि २ सय ५० जना आउने गरेका छन् ।

एक बर्ष अघि ५० बेड क्षमताको इमर्जेन्सी विभागमा २१ बेड थपेर ७१ बनाए पनि बिरामी चाप धान्न सकेको थिएन । प्रतिष्ठानभित्र बाल आकस्मिक कक्ष र स्त्री तथा प्रसूति आकस्मिक कक्ष बेग्लै छन् । प्रतिष्ठानका सहप्रवक्ता डा चूडामणि पोखरेलले ईमर्जेन्सीमा आउनेलाई थप सुलभ र प्रभावकारी ढंगले उपचार सुविधा उपलब्ध गराउन थप २० बेड विस्तार गर्दै नया मेडिकल उपकरण थपिएको बताए । उनले भने, ‘इमर्जेन्सीभित्रका आवश्यक स्थानमा १० थान पेसेन्ट मनिटर पनि जडान गरिएको छ ।’

उनका अनुसार पेसेन्ट मनिटरले अक्सिजन लेभल, इसीजी, मुटुको चाल, श्वासप्रश्वासलगायत मनिटर गर्छ । उक्त मेशिनको जडानले स्वास्थ्य अवस्थाबारे लगातार अनुगमन गरी बिरामीको गुणस्तरिय उपचार गर्न थप सहयोग मिल्ने सहप्रवक्ता डा पोखरेलले बताए ।

सिकिस्तका लागि हाई फ्लो डिभाइस, डेफिब्रिलेटरलगायत उपकरण पनि थप गरिएको छ भने इमर्जेन्सी क्रास कार्ट पनि थप गरिएको उनले बताए । भेन्टिलेटरको आवश्यकता नपर्नेका लागि एचडियु बेड पनि जडान गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा महिला गोल्डकपको पहिलो सेमिफाइनल आज — पुलिस र संकटा खेल्दै

बिर्तामोड, कात्तिक २१ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो

जेनजीहरुसग ‘वान टु वान’ भेट गरिरहेका छौ : कार्की

उहाँले भन्नुभयो ‘हामीले सबै नेता तथा कार्यकताको तहबाट सबैखाले जेनजीहरुसग वान टु वान भेट गरिरहेका छौ । उनीहरुको भावना के हो भन्ने बुझिरहेका छौ ।

‘माओवादीको एकता एमालेसगै ठीक हुन्थ्यो’: बस्नेत (भिडियो संवाद)

‘एमाले बाहेकको बाम एकता नेपालमा सान्दर्भीक हुँदैन र नेपालमा कम्यूनिष्ट एकता र आन्दोलनलाई सार्थक बनाउने हो भने एमालेसगको एकतानै आजजको आवश्कता हो । ’

विमलाको ह्याट्रिकसँगै त्रिभुवन आर्मी सेमिफाइनलमा

बिर्तामोड, कात्तिक २० । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा