कंगनाको रामदेवलाई कडा जवाफः ’मलाई चरित्रको पाठ नपढाउनुस्’

काठमाडौं,४ भदौ । बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की सांसद कंगना रनौत र योगगुरु बाबा रामदेव बीच सामाजिक सञ्जालमार्फत तीखा आरोप–प्रत्यारोप भएको छ । आफ्ना विवादास्पद अभिव्यक्तिलाई लिएर रामदेवले गरेको टिप्पणीपछि कंगनाले इन्स्टाग्राममार्फत कडा जवाफ दिनु भएको छ।उक्त विवाद कंगनाले केही युवा प्रदर्शनकारीलाई ‘जेनेरेसन गटर’ भनेको अभिव्यक्तिबाट सुरु भएको थियो । त्यसपछि उहाँले आफ्नो भनाइ सबै युवाप्रति लक्षित नभई आफूलाई ‘कक्रोच’ भन्ने केही व्यक्तिप्रति मात्रै लक्षित रहेको स्पष्ट पार्नु भएको थियो।

 

उहाँका अनुसार, ‘यदि कसैले आफूलाई कक्रोच भन्छ भने कक्रोच गटरमै बस्छ भन्ने कुरा स्वाभाविक हो । मैले सबै युवालाई गटरको भनेकी होइन, केही व्यक्तिलाई मात्रै संकेत गरेकी हुँ ।’ यसै विषयमा सञ्चारकर्मीसँग कुरा गर्दै बाबा रामदेवले कंगनाको टिप्पणीको आलोचना गर्नु भएको थियो।समाचारको स्क्रिनसट साझा गर्दै कंगनाले रामदेवको भनाइ उद्धृत गर्नु भयो । जसमा रामदेवले ‘उहाँको विगत कस्तो थियो र युवावस्था कस्तो थियो ?’ भन्ने प्रश्न उठाएको उल्लेख थियो ।

 

यसको जवाफमा कंगनाले इन्स्टाग्राममा लेख्नु भएको छ,‘बाबाजी, मेरो जवानी वा बेडरुमको सपना नदेख्नुस् । हल्ला र अफवाहका आधारमा अनुमान लगाउन सकिन्छ, तर म माथि सर्वोच्च अदालतले झुटा वा भ्रामक प्रभावकारिता दाबी गरेको भन्दै फटकार लगाएको छैन ।’उहाँले थप लेख्नु भएको छ,‘मलाई चरित्रको पाठ नपढाउनुस् । मेरो चरित्र तपाईंभन्दा धेरै राम्रो छ, यहाँ कुनै ठगी भएको छैन ।’ कंगनाको टिप्पणी सन् २०२४ मा पतञ्जलि आयुर्वेदको भ्रामक विज्ञापनसम्बन्धी मुद्दातर्फ लक्षित थियो ।उक्त मुद्दामा बाबा रामदेव र आचार्य बालकृष्णले सर्वोच्च अदालतमा शपथपत्रमार्फत बिना शर्त माफी माग्दै भविष्यमा यस्ता भ्रामक औषधीय दाबी वा आधुनिक चिकित्साविरुद्ध अपमानजनक टिप्पणी नगर्ने प्रतिबद्धता जनाउनु भएको थियो । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,