आम्दानी  लिन नसकेको किसानको गुसानो

गाउँमा उत्पादित दूध बजार पुर्‍याउनै सकस

 

 

 

भोजपुर : जिल्लाको ग्रामीण भेगका किसानहरूलाई गाउँमा उत्पादित दूध बजारसम्म लैजानै समस्या छ। जसको कारण उत्पादित दूध विक्री वितरण गर्नुभन्दा पनि आफैँले खपत गर्नु पर्ने अवस्था छ।

व्यवसायिक रुपमा केही किसानहरुले दूध उत्पादनको लक्ष्य लिएर व्यावसायिक रुपमा पशुपालन गरिरहेका छन्। तर ती कृषक पनि लगानी तथा मेहनत अनुसारको आम्दानी  लिन नसकेको गुसानो गर्छन्।

उनीहलाई उत्पादित दूध सहजरुपमा बजारसम्म लैजाने वातावरण छैन। सदरमुकाम आसपासमा पर्ने बोखिम, दावा, पोखरे, खुरीला, ढुङ्गेलगायत ठाउँका मानिसहरु पराम्परागत रुपमा भए पनि पशुपालन व्यवसाय गरिरहेका छन्।

बजारमा लैजान समस्या हुने भएपछि ती भेगका मानिसहरु खास व्यवसायिक रुपमा दूध उत्पादनमा लागेका छैनन्। स्थानीय सरकारले उपयुक्त वातावरण मिलाइदिए व्यावसायिक रुपमा लाग्ने किसानहरु बताउँछन्।

बजारसम्म दूध ल्याएर बेच्न किसानलाई सडकको समस्या छ। केही समय बजारमा ल्याएर दूध बेच्न थालेका किसानहरु पछिल्लो समयमा आएर बेच्न छाडेको अनुभव सुनाउँछन्। एकदेखि डेढ घण्टा लगाएर बिक्री गरेको दूधको  खास आम्दानी नहुने भोजपुर नगरपालिका –५ बोखिमका भैँसीपालक कृषक रुपनारायण फुँयालले बताए।

किसान फुँयालले भने,‘ मैले केही समय बजारमा लगेर दुध बेचेँ। आउँदा र जाँदा एक जनाको बिहान बित्छ। बजारका होटलमा लग्यो नियमित रुपमा लिँदैनन्। डेरीहरूले पनि चाडपर्वबाहेक अरूबेला बहाना बनाएर किसानलाई दुःख मात्र दिएको देख्छु।’

व्यवसायिक रुपमा दुग्ध व्यवसाय सञ्चालन गरेकाहरुले दहि, ध्यू, पनिर, छुर्पी लगाएतको मुल्य वर्सेनी बढाएपनि दूधको मुल्य बढाएर दिन नमान्ने समस्याले पनि दुध विक्री गर्न छाडेको अर्का स्थानीय कृषक हर्कलाल लुइँटेलको भनाइ छ।

कृषक लुइँटेलले भने, ‘हामी कृषकले उद्योगमा लगेर बिक्री गर्दा ४५ देखि ५५ रुपैयाँ पाउछौँ। मैले विक्री गर्न थाल्दा यही मूल्य थियो। उद्योगले प्रति केज ८०० मा विक्री हुँदै आएको ध्यूको मूल्य रु १२००, पनिर ८०० र रु. ८० मा बेच्दै आएको दही रु. ९० पुगेको छ। तर दुधको मुल्य बढाउन व्यवसायी मान्दैनन्। हामी किसान मारमा छौँ। यो कसले सुनिदिने?’ उनले प्रश्न गरे।

उद्योगको विकास विस्तार गर्नुको सट्टामा व्यवसायी अनुदानमुखी बन्दा उद्योगको विकास भन्दापनि ब्यक्तीलाई मात्र लाभ पुगेको सरोकारवाला पक्षले बताउने गरेका छन्।

समय÷समयमा यहाँका दुग्ध उद्योग तथा व्यवसायीहरुले विभिन्न ठाउँबाट अनुदान सहयोग पाएका छन्, तर ती उद्योगहरुले खास उपयुक्त ढंगले यस क्षेत्रको विकासमा लगानी नगरेको स्थानीयहरुको भनाइ छ।

बजारमा विभिन्न समयमा दूधको अभाव हुनुमा व्यवस्थापन राम्रो नभएको स्थानीय कृषकको भनाइ छ। यहाँ उत्पादन भएको दूधलाई बजारीकरणको लागि सहजता प्रदान गर्न सके बजार धान्न समस्या नहुने स्थानीय किसान राम बहादुर कार्कीले बताए।

किसान कार्कीले भने,‘ केही व्यवसायीहरूले नाफालाई मात्र ध्यान दिएर यहाँको उत्पादनलाई प्राथमकिता दिन छाडेर बाहिरबाट दूध ल्याएर  बेच्छन्। नियमित रुपमा दूध लिन नमानेपछि किसानले बजारमा दूध ल्याउन छाडेको अवस्था पनि छ।’

भोजपुर नगरपालिका– ४ दावाका किसान गणेश विष्टले पनि मोटरसाईलमा ल्याएर दैनिक बजारमा ३५ देखि ४० लिटर दूध विक्री गर्दै आएका छन्। उनले इलामबाट उन्नत जातको गाई ल्याएर पालन गरिरहेको बताए। किसान विष्टले भने, ‘व्यावसायिक रुपमा गाईपालन गरेर बजार ल्याएर दूध विक्री गर्दै आएको छु। कच्ची सडक  हिलाम्य बन्दा वर्षातको समयमा भने पिठ्यूँमा बोकेर मुख्य सडकसम्म लैजानु पर्ने अवस्था छ।’

करिब १० वर्ष अघिबाट भोजपुर बजारमा गणेशथान दूग्ध उद्योग सञ्चालन गर्दै आएका ज्ञान बहादुर कार्कीले बजारमा माग धान्न नसकेको बताए। किसानहरुमा दूध विक्री गर्ने धारणा अझै विकास हुन नसेको उनको भनाइ छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बालेन–मोदी बिच सहमती भएका परियोजना, नेपालको अर्थतन्त्रमा पार्न सक्ने प्रभाव कस्तो ?

नेपालको भारतसँगको उच्च व्यापार निर्भरतालाई ध्यानमा राख्दा यस्ता परियोजनाले आर्थिक अवसरसँगै निर्भरता व्यवस्थापनको चुनौती पनि थप्न सक्छन्।

प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान, दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नु भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्ली

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री शाहको भारत भ्रमण

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधानमन्त्री

काठमाडौं ,६ मंसिर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाँउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा निस्केपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा प्रस्थान

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम

कीर्तिमानै कीर्तिमानका साथ एनपीएलको तेस्रो संस्करण सम्पन्न, सुदूरपश्चिम च्याम्पियन

काठमाडौं ,६ मंसिर। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली

अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई ३ वर्ष जेल सजाय

सिड्नी,६ मंसिर । चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन (स्पोन्सरसिप) मिलाउने योजनामा संलग्न रहेको अभियोगमा अस्ट्रेलियाको न्यू साउथ वेल्स (एन् एस् डब्ल्यू) राज्यका पूर्व