दमक/
झापाको दमक नगरपालिकामा रहेको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण शाखाका प्रयोगशाला सहायक पवन पराजुलीले बजारमा बेच्न राखीएको दुध परिक्षण गर्नु भयो । उहाँले एउटा ट्यूवमा दुध राख्नु भयो । अर्कोमा त्यहि दुधमा अलीकता यूरिया मिसाउनु भयो । दुवैलाई समान तरिकाले परिक्षण गर्नु भयो । यूरिया मिसिएको दुध पहिलो भयो । अर्को दुध सेतोको सेतै थियो ।
अर्थात उहाँले दुधमा अखाद्यम बस्तु मिसाउँदा कस्तो देखिन्छ भन्नेबारेमा प्रयोगशालामा प्रयोग गरेर देखाउनु भयो ।
गाईलाई दिईने डाले खासँ वा खोलेमा यूरिया घोलेर खुवाँदा पनि मिसावट देखिने उहाँले बताउनु भयो । साथै सोझै दुधमा कसैले हालेर बेच्यो भने त अझ त्यसको असर धेरै हुने उहाँको भनाई छ ।
उहाँले दमक नगरपालिकाले शुक्रबारबाट सञ्चालनमा ल्याएको खाद्य प्रयोगशालाको ल्यावमा दुध परिक्षण गर्नु भएको हो ।
यो ल्यावमा अहिले दुध, पानी , तेल र घ्यू परिक्षण गरिन्छ । यसलाई बिस्तारै अन्य खाद्य तथा अन्य पेय पदार्थपनि परिक्षण गर्ने गरिको व्यवस्था गर्दै लैजाने शाखा प्रमुख तथा खाद्य अधिकृत लक्ष्मी न्यौपानेले जानकारी दिनुभयो ।
अव दमकका हरेक दुध डेरीका दुध परिक्षण गर्न सकिने छ । यहाँ रहेका पानी उद्योगको पानीको शुद्धता परिक्षण गर्न सकिने छ । ल्याव उद्धघाटनका क्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताउनु भयो ।उहाँले दमकलाई विषादी रहित बनाउने सुरुदेखीकै चाहना पुरा हुने क्रम सुरु भएको उल्लेख गर्नुभयो । अव चाँडै तरकारी र अन्य खाद्य सामाग्रीको परिक्षण गर्ने उपकरणहरुको पनि व्यवस्था गराइने छ । नगर प्रमुख ओलीले बताउनु भयो ।
दमकबासीको स्वास्थ्य व्यापारिको निश्चत समुहले बढी मुनाफा गर्न अत्याधिक मिसावट गर्ने गरेको पत्ता पाएपछि त्यसलाई नियन्त्रण गर्न प्रयोगशाला बनाइएको उहाँको भनाई छ । नगरबासीको स्वास्थ्यसँग खेलबाड गर्ने जोसुकैले पनि अव सुध्रनुपर्ने र केहि मुनाफाका लागी कसैको स्वास्थ्यसँग खेलबाड नगर्न पनि उहाँले अनुरोध गर्नु भएको छ ।
स्थानीय सरकार आफैले लगानी गरेर तयार पारेको खाद्य प्रयोगशाला सम्भवत नेपालकै पहिलो भएको दमक नगरपालिकाका उप -सचिव दिनेश न्यौपानेले बताउनु भयो । यसले दमकबासीको स्वास्थ्य संरक्षणमा सेवा पुर्याउने उहाँको विस्वास छ ।
२५ लाख को लगानीमा दमक नगरपालिकाको आन्तरिक श्रोतबाट ल्याव सञ्चालनमा आएको बताइएको छ । केहि समय अझै परिक्षण स्वरुप प्रयोगशाला चलाईने छ । यस सम्बन्धीको सञ्चालन गर्ने कार्यविधि बनेपछि आम नागरिकले चाहेका खाद्य सामाग्री वा पेय पदार्थको परिक्षण गर्न सकिने खाद्य अधिकृत लक्ष्मी न्यौपानेले उज्यालो खवरलाई जानकारी दिनुभयो ।
ल्यावमा केके छ ? हेर्नुस स-बिस्तार सहितको भिडियो ।










