बाढी पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध

काठमाडौँ,२० भदौ । बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रसुवा जिल्लाका सबै मुख्य राजमार्गहरू र त्रिशुली स्याफ्रुबेशी सडक खण्ड बाढीका कारण पूर्ण रूपमा ठप्प भएका छन ।पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भिरमा ठूलो पहिरो खसेका कारण यातायात पूर्ण रूपमा बन्द भएको छ भने सोही राजमार्गको परेवा भिरमा साना गाडी मात्र एक लेनमा सञ्चालन भइरहेका छन् ।

 

म्याग्दीको बेनी जोमसोम सडक खण्ड, मुगुको मुगु गमगढी सडक, बझाङको जयपृथ्वी राजमार्ग र अर्घाखाँचीको सालझण्डी ढोरपाटन खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।रोल्पाको शहीद मार्ग अन्तर्गत दुईखोली र भालखोर क्षेत्रमा पहिरो जाँदा सवारी साधन चल्न सकेका छैनन्। काठमाडौँ धादिङ जोड्ने चन्द्रागिरी चिसापानी क्षेत्रमा सडक एकतर्फी मात्र सुचारु छ भने बीपी राजमार्गको खुर्कोट नेपालथोक खण्डमा १० टनसम्मका सवारीलाई निश्चित समय तोकेर मात्र अनुमति दिइएको छ।

नुवाकोटको टोखा छहरे सडकमा रातिको समयमा यात्रामा रोक लगाइएको छ भने बाढीले गर्दा बेत्रावती स्थित पासाङ ल्हामु सडक खण्ड पनि पूर्ण रूपमा बन्द भएको छ।नेपाल प्रहरीले सडकको अवस्था र मौसमको प्रतिकुलतालाई ध्यान दिई अत्यन्त जरुरी भएमा मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित

एजेन्सी ,९ असोज। नेपालसँग सिमाना जोडिएको भारतको सिक्किमका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको छ । विशेषगरी रिम्बी क्षेत्रमा गएको ठूलो पहिरोका

विद्यालाई दोस्रो वरीयतामा ल्याइएपछि पार्टीभित्र हलचल

काठमाडौँ ,९ असोज। नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकसँगै पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको विषय फेरि चर्चामा आएको छ । एमालेभित्र अहिले भण्डारीको राजनीतिक

देशका विभिन्न जिल्लामा मुख्य सडक बन्द

काठमाडौं ,९ असोज। जिल्ला प्रशासन कार्यालयहरूबाट प्रकाशित सूचनाअनुसार देशका विभिन्न जिल्लामा मुख्य सडक बन्द भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

गण्डकी बेसिनका सबै हाइड्रोहरुमा हाइ अलर्ट

काठमाडौँ ,९ असोज। असोज ९–११ गतेसम्मको भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनमा पर्ने जलविद्युत आयोजनाहरुमा उच्च सतर्कता अपनाइएको छ । मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाले गण्डकी

आजको मौसम: कहाँ कहाँ पर्दैछ पानी ?

काठमाडौ |९ असोज | हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र