झापामा बंगुर फार्ममा उत्खनन गर्दा मानव कंकाल फेला, दुई जना पक्राउ

अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा

दमक | ८ असोज | झापाको मेचीनगर नगरपालिका–७ भान्साखोलामा रहेको एक बंगुर फार्ममा उत्खनन गर्दा मानव कंकाल फेला परेको छ। कंकाल फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ललितपुरको साविक मणिखेल, हाल महाङ्काल गाउँपालिका–२ स्थायी घर भएका दिलनाथ बजगाईं २०८१ साल पुस २९ गतेदेखि झापाको मेचीनगर नगरपालिका–६ काकडभिट्टाबाट हराएका थिए। उनकी श्रीमती तुलसा बुढा बजगाईंले दिएको निवेदनका आधारमा प्रहरीले खोज तथा अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा दिलनाथ बजगाईंसँगै हिँड्ने शक्ति राम भन्ने गुपबहादुर सिंहसँग सोधपुछ गर्दा उनले देखाएको स्थानका आधारमा प्रहरीले उत्खनन गरेको हो। सिंहले मेचीनगर–७ भान्साखोला (गैरी गाउँ)स्थित जयप्रसाद तिवारीको जग्गामा सञ्चालन गरेको बंगुर फार्मभित्र प्रहरीले स्थानीय बासिन्दा तथा जनप्रतिनिधिको रोहबरमा जेसीबी प्रयोग गरी उत्खनन गरेको थियो।

बुधबार  गरिएको उत्खननका क्रममा मानव आकृति देखिने कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। कंकाल परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।

बरामद कंकाल हराइरहेका दिलनाथ बजगाईंको हो वा होइन भन्ने यकिन गर्न प्रादेशिक अस्पताल भद्रपुरमा शव परीक्षणपछि नमुना परीक्षणका लागि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालामा पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले म्याग्दी घर भई हाल मेचीनगर–१० बस्ने ४५ वर्षीय राम भन्ने गुपबहादुर सिंह र भारतको आलिपुरद्वार, वीरपाडा घर भई हाल मेचीनगर–६ बस्ने ४९ वर्षीय संजय लामालाई पक्राउ गरेको छ।

प्रहरीले उनीहरूमाथि अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पथरी शनिश्चरेमा ‘विद्यार्थीसँग साहित्य’ अभियान

पथरी, ७ असोज / मानिसहरुलाई सृजनशील बनाउने माध्यमका रुपमा रहेको साहित्य र कलाको थप प्रवद्र्धन गर्न विद्यालयका विद्यार्थीहरुमा त्यस सम्बन्धि प्रशिक्षणात्मक सिकाईका लागि मोरङको पथरी

दमक–७ को वडा अध्यक्ष बन्ने चिरन न्यौपानेको आकांक्षा, १५ बुँदे विकास योजना सार्वजनिक

पशुहाटलाई व्यवस्थित, सफा, सुरक्षित र आधुनिक कृषि तथा पशु व्यापार केन्द्रका रूपमा विकास गर्ने