पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालन पूर्ण रूपमा रोक

काठमाडौं,९ असोज । अविरल बर्षाका कारण देशका प्रमुख राजमार्गहरु प्रभावित भएका छन् । काठमाडौं जोड्ने केही राजमार्ग अवरुद्ध भएपनि केही भने संचालनमा छन् ।

कान्तिलोकपथ स् मकवानपुरतर्फको सडकखण्ड हाल सञ्चालनमा रहेको जनाइएको छ। तर, ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाँचधुरे, पयाङधुर र टिकाभैरव क्षेत्रमा सडक माथिबाट पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको जानकारी बिहान ६ः१५ बजे भट्टेडाँडा, ललितपुरबाट प्राप्त भएको प्रहरीले जनाएको छ।

हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–सिस्नेरी सडकःहालसम्म सडकमा पहिरो नखसेको र यातायात सञ्चालनका लागि बाटो खुला रहेको जनाइएको छ।

त्रिभुवन राजपथ , हालसम्म पहिरोका कारण सडक अवरुद्ध नभएको र यातायात सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

पृथ्वी राजमार्गः धादिङको कृष्णभीर नजिक तथा ज्यामिरे क्षेत्रमा पहिरो खसेर सडक दुईतर्फी रूपमा अवरुद्ध भएको जानकारी प्राप्त भएको छ ।

साथै, जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रशासन कार्यालय धादिङले छुट्टाछुट्टै सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालन पूर्ण रूपमा रोक लगाएको जनाइएको छ।

सम्भावित बाढीपहिरो तथा सडक अवरोधको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री तथा ट्राफिक प्रहरी निरीक्षक रमेश विष्ट सहितको प्रहरी टोली फिल्डमा खटिएको छ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जिल्लाभित्रका सडक तथा जोखिमयुक्त क्षेत्रको अवस्था निरन्तर निगरानी भइरहेको जानकारी दिए ।

प्रहरीले वर्षाका कारण जुनसुकै बेला सडक अवरुद्ध हुन सक्ने भएकाले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ।

सम्भावित विपद्को अवस्थामा उद्धार तथा राहतका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको जनाइएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

थापाथलीस्थित बागमती नदीमा जल सतह सतर्कता तह पार

काठमाडौं ,९ असोज। काठमाडौंको थापाथलीस्थित बागमती नदीमा जल सतह सतर्कता तह पार गरेको छ ।   लगातारको वर्षाका कारण बागमती नदीमा पानीको बहाव बढेसँगै थापाथली

पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालन पूर्ण रूपमा रोक

काठमाडौं,९ असोज । अविरल बर्षाका कारण देशका प्रमुख राजमार्गहरु प्रभावित भएका छन् । काठमाडौं जोड्ने केही राजमार्ग अवरुद्ध भएपनि केही भने संचालनमा छन् । कान्तिलोकपथ

कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा

मुस्ताङ ,९ असोज। मुस्ताङको उत्तरी चीनसँगको सीमावर्ती कोरला नाका क्षेत्रमा सामान्य हिमपात भएको छ । उच्च हिमाली क्षेत्रमा मौसममा आएको परिवर्तनसँगै चिसो बढ्ने सम्भावना रहेको

मनोहरा खोलामा पानीको वहाब बढ्यो, एमाले पार्टी कार्यालय डुबानको जोखिममा

ललितपुर ,९ असोज। मनोहरा खोलामा आएको बाढीका कारण ललितपुरको च्यासल क्षेत्र बढी प्रभावित देखिएको छ । नेकपा एमालेको केन्द्रीय कार्यालय अगाडि पानीको बहाव बढेको छ

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको सम्बोधन ,अन्तर्राष्ट्रिय मिडियामा नेपालको नयाँ तस्वीर

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा शुक्रबार बिहान गरेको सम्बोधनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकता दिनुभएको छ। शाहको सम्बोधनको खास विषय रहेको हिमालयको बढ्दो जोखिम

शिक्षिकाको निधनमा विद्यालयबाट ६५ हजार सहयोग

पथरी, ९ असोज / मोरङको पथरी शनिश्चरे १ स्थित पञ्चायत माविकी शिक्षिका शान्तिदेवी गौतम न्यौपानेको निधनमा विद्यालयले उहाँका परिवारलाई ६५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान