हिमालय फुटसल गोल्ड कपको उपाधि मेन्टेन एफसीलाई, भोटे एफसी पेनाल्टीमा पराजित

काठमाडौं , असोज १०। तेस्रो संस्करणको ’हिमालय फुटसल गोल्ड कप २०८३’को उपाधि मेन्टेन एफसीले जितेको छ ।राजधानीमा सम्पन्न फाइनलमा भोटे एफसीलाई पेनाल्टी सूटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै मेन्टेन एफसीले प्रतियोगिताको उपाधि चुमेको हो ।उपाधिसँगै मेन्टेनले रनिङ सिल्ड, ट्रफी, मेडल र नगद ३ लाख रुपैयाँ आफ्नो पक्षमा पारेको छ । निर्धारित २० मिनेटमा दुबै टिमले गोल गर्न नसक्दा पेनाल्टीमा पुगेको खेल रोमाञ्चक बनेको थियो ।प्रतियोगितामा उपविजेता बनेको भोटे एफसीले मेडल र १ लाख रुपैयाँ नगद हात पारेको छ । प्रतियोगितामा यार्सा एफसी, धरानले फेयरप्लेको उपाधि जित्दै नगद २० हजार रुपैयाँ हात पार्यो ।

व्यक्तिगत विधातर्फ मेन्टेन एफसीका प्रशिक्षक प्रदीप सापकोटा उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । मेन्टेन एफसीकै आशिष डंगोल उत्कृष्ट व्यवस्थापक चुनिए।यस्तै यार्सा एफसीका रिवस मास्के प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदा भोटे एफसीका एन्जल गुरुङ उत्कृष्ट गोलरक्षक बन्नुभयो । भोटे एफसीकै मौसम लामाले इमर्जिङ प्लेयरको अवार्ड पाउनुभयो।४४ टोलीको सहभागिता रहेको प्रतियोगिता २ दिनसम्म चलेको थियो । नकआउट फम्र्याटको खुला प्रतिस्पर्धामा राजधानी बाहिरबाट ६ टिमले सहभागिता जनाएको आयोजक हिमालयन फुटबल क्लबका अध्यक्ष विनोद कार्कीले बताउनुभयो ।समापन समारोहमा विजेताहरूलाई नेपाली महिला राष्ट्रिय टिमका खेलाडी अनिता वस्नेत र हिराकुमारी भुजेललगायतले पुरस्कार प्रदान गर्नुभएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क