हिमालय फुटसल गोल्ड कपको उपाधि मेन्टेन एफसीलाई, भोटे एफसी पेनाल्टीमा पराजित

काठमाडौं , असोज १०। तेस्रो संस्करणको ’हिमालय फुटसल गोल्ड कप २०८३’को उपाधि मेन्टेन एफसीले जितेको छ ।राजधानीमा सम्पन्न फाइनलमा भोटे एफसीलाई पेनाल्टी सूटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै मेन्टेन एफसीले प्रतियोगिताको उपाधि चुमेको हो ।उपाधिसँगै मेन्टेनले रनिङ सिल्ड, ट्रफी, मेडल र नगद ३ लाख रुपैयाँ आफ्नो पक्षमा पारेको छ । निर्धारित २० मिनेटमा दुबै टिमले गोल गर्न नसक्दा पेनाल्टीमा पुगेको खेल रोमाञ्चक बनेको थियो ।प्रतियोगितामा उपविजेता बनेको भोटे एफसीले मेडल र १ लाख रुपैयाँ नगद हात पारेको छ । प्रतियोगितामा यार्सा एफसी, धरानले फेयरप्लेको उपाधि जित्दै नगद २० हजार रुपैयाँ हात पार्यो ।

व्यक्तिगत विधातर्फ मेन्टेन एफसीका प्रशिक्षक प्रदीप सापकोटा उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । मेन्टेन एफसीकै आशिष डंगोल उत्कृष्ट व्यवस्थापक चुनिए।यस्तै यार्सा एफसीका रिवस मास्के प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदा भोटे एफसीका एन्जल गुरुङ उत्कृष्ट गोलरक्षक बन्नुभयो । भोटे एफसीकै मौसम लामाले इमर्जिङ प्लेयरको अवार्ड पाउनुभयो।४४ टोलीको सहभागिता रहेको प्रतियोगिता २ दिनसम्म चलेको थियो । नकआउट फम्र्याटको खुला प्रतिस्पर्धामा राजधानी बाहिरबाट ६ टिमले सहभागिता जनाएको आयोजक हिमालयन फुटबल क्लबका अध्यक्ष विनोद कार्कीले बताउनुभयो ।समापन समारोहमा विजेताहरूलाई नेपाली महिला राष्ट्रिय टिमका खेलाडी अनिता वस्नेत र हिराकुमारी भुजेललगायतले पुरस्कार प्रदान गर्नुभएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पुरानो इतिहासमा नयाँ जोश भरेर महाधिवेशनमा जान्छौँ : डा. शशांक कोइराला

काठमाडौं , १० असोज। नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले पार्टीलाई नयाँ ऊर्जा र संकल्पका साथ १५औँ महाधिवेशनमा होम्न लागिएको बताउनुभएको छ।महाराजगञ्जस्थित

जलवायु संकट सामना गर्न नेपालद्वारा ‘हिमालयन रेजिलियन्स मेकानिजम’को प्रस्ताव

काठमाडौं, असोज १०।संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाह शनिबार अपराह्न स्वदेश फर्कनुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीको

हिमालय फुटसल गोल्ड कपको उपाधि मेन्टेन एफसीलाई, भोटे एफसी पेनाल्टीमा पराजित

काठमाडौं , असोज १०। तेस्रो संस्करणको ’हिमालय फुटसल गोल्ड कप २०८३’को उपाधि मेन्टेन एफसीले जितेको छ ।राजधानीमा सम्पन्न फाइनलमा भोटे एफसीलाई पेनाल्टी सूटआउटमा ३–२ गोल

फुईयाको फुरफुर

उसले पढेको थियो, बुझेको थियो, “हिड्ने मान्छे लड्छ” भनेर। ए..बाबा नलडोस पनि कसरी, सबैले लढनै पर्छ। बालक देखि वृद्ध सम्म सबैले हिड्ने प्रयास गरेरै लड्ने हुन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिएर प्रधानमन्त्री बालेन शाह स्वदेश फिर्ता

काठमाडौं , १० असोज। प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किनुभएको छ । उहा केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो

काजु र खुवाका नाममा बिस्कुटको धुलो : अनुगमनमा भेटियो उपभोक्ताको स्वास्थ्यमाथि चरम खेलबाड

 काठमाडौं , १० असोज। चाडपर्व नजिकिएसँगै बजारमा किनमेल गर्ने उपभोक्ताहरूको घुइँचो लाग्न थालेको छ ।उपत्यकाबाट गाउँ फर्किनेहरू हुन् वा आफन्तकोमा जानेहरू, सबैको हातमा कोसेलीको रूपमा