पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

काठमाडौं,१२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरत गिरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गिरीले पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा खतरा रहेको भनिए पनि राति प्रहरीबाट पक्राउ गरिएको भन्दै प्रश्न उठाउनुभयो । सुरक्षा खतरा भएको अवस्थामा सम्बन्धित व्यक्तिलाई सुरक्षित राख्नुपर्नेमा पक्राउ गरेर लगिएको उहाँको भनाइ थियो ।

उहाँले भन्नु भयो,‘ पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई यो थ्रेट भनेर वास्तवमा राति प्रहरीबाट पक्राउ गरियो । यो थ्रेट हुँदाखेरि मान्छेलाई सुरक्षित गर्नुपर्नेमा पक्राउ गरेर लगिएको छ । सामान्य उहाँलाई भेट्न जाँदाखेरि एउटा संवैधानिक निकायको मानव अधिकारका कर्मीहरूलाई पनि भेट्न दिइएन । त्यस्तै गरिकन अहिले चाहिँ सामान्य सोधपुछ गरेर छाडिएको भनिएको छ । यी घटनाक्रमले सरकारले अहिले के भन्दाखेरि कानुन, विधि, प्रक्रिया जुन तरिकाले हामी सदनमा बहस गरिरहेका छौँ, छलफल गरिरहेका छौँ र सभ्य तरिकाले एउटा मुलुकलाई चलाउने कुराको बारेमा नीति निर्धारण गर्ने कुरामा जुन हामी छलफल गरिरहेका छौँ र सरकारका यी हर्कतहरूको बारेमा यसो देख्दै जाँदाखेरि सरकार किन बाटो बिराइरहेको छ ?’

यसैगरी असोज ८ देखि ११ गतेसम्म भएको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको भन्दै विपद् व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने बताउनु भयो ।

उहाँले दशैं–तिहारको समयमा सार्वजनिक यातायातमा ‘सिन्डिकेट’ लगाउने गरी हचुवाका भरमा निर्णय गरिएको भन्दै त्यसप्रति पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । वैकल्पिक व्यवस्था नगरी सार्वजनिक यातायात सञ्चालनमा निर्णय गर्दा सर्वसाधारणलाई समस्या पर्ने उहाँको भनाइ थियो ।

सरकारले विगतमा गरेका प्रतिबद्धता र वाचाअनुसार काम गर्नुपर्नेमा त्यसतर्फ पर्याप्त ध्यान नदिएको आरोप लगाउँदै उहाँले सरकारका पछिल्ला गतिविधिप्रति संसद्को ध्यानाकर्षण गराउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनाका पीडित परिवारसँग भेट

सर्लाही ,३० कार्तीक। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर मकवानपुरको भीमफेदीस्थित चिसापानी गढीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार तथा

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङ ,३० कार्तीक। बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट सोहि ठाउँ को

छठको बहानामा मधेसमा शीर्ष नेताको दौडधुप : धार्मिक आस्था कि राजनीतिक रणनीति ?

काठमाडौं ,३० कार्तीक। सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुग्नु भएको छ । शनिबार नै तराई झर्नु भएको उहाँ

रारा जाँदै गर्दा दुर्घटनामा परेका घाइतेको सेनाद्वारा उद्धार

मुगु ,३० कार्तीक। मुगुको रारा ताल जाने क्रममा हाइलक्स जिप दुर्घटनामा परी घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।आइतबार मुगुको छायानाथ

बिरिङ खोला छठ पूजामा विवाद गर्ने युवक स्कुटरसहित नियन्त्रणमा

झापा, ३० कात्तिक । झापाको कन्काई नगरपालिका ८ स्थित बिरिङ खोलामा आयोजित छठ पूजामा विवाद गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।गएराति ११ :

छठ पूजास्थल तोडफोड आरोपमा सुनसरीबाट दुई जना पक्राउ

झापा, ३० कात्तिक । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेहरुमा