चाडपर्वमा यात्रु सहायता कक्ष स्थापना गर्ने प्रहरीको तयारी

काठमाडौं ,१२ असोज। नेपाल प्रहरीले आगामी दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै प्रमुख नाकाहरूमा ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गर्ने भएको छ ।

सोमबार पूर्वाधार विकास समितिको बैठकमा आगामी चाडपर्वमा यात्रु आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने विषयमा भएको छलफलमा प्रहरीले सहायता कक्ष स्थापना गर्न लागेको जानकारी दिएको हो ।

बैठकमा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिलजंग शाहले चाडपर्वका बेला यात्रु ठगिने तथा सवारी दुर्घटना हुने जोखिम न्यूनीकरण गर्न यात्रु सहायता कक्ष सञ्चालन गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आगामी दशैं, तिहार र छठलाई लक्षित गरेर प्रमुख नाकाहरूमा नागरिक यात्रु सहायता कक्ष स्थापना गर्दैछौँ । यात्रुबाट बढी भाडा लिने, टिकट नदिने, एउटै सिटको टिकट दुई–तीन जनालाई बिक्री गर्ने लगायतका गुनासो तत्काल सम्बोधन गर्ने व्यवस्था हुन्छ । यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसहितको टोली परिचालन हुन्छ । साथै, बढी सवारी चाप हुने कलंकी–नागढुंगा क्षेत्रमा उपलब्ध जनशक्तिलाई अधिकतम परिचालन गरेर यात्रु आवागमनलाई सहज र व्यवस्थित बनाउनेछौँ ।’

उहाँका अनुसार विगतमा पनि विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको थियो । यसपटक पनि लामो, मध्यम र छोटो दूरीका यात्रुलाई लक्षित गरी सहायता कक्ष सञ्चालन गरिनेछ ।

सहायता कक्षबाट यात्रुले तोकिएभन्दा बढी भाडा लिएको, टिकट नदिएको वा एउटै सिटको टिकट एकभन्दा बढी यात्रुलाई बिक्री गरेको लगायतका गुनासो तत्काल सम्बोधन गरिने शाहले बताउनु भयो ।

‘बढी भाडा लिएको भए सम्बन्धित यात्रुलाई बोलाएर समस्या तत्काल समाधान गर्ने हिसाबले नागरिक यात्रु सहायता कक्ष स्थापना हुन्छ,’ उहाँले भन्नु भयो ।

सहायता कक्षमा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा यातायात व्यवस्था विभागका प्रतिनिधिलाई समेत सहभागी गराउने तयारी रहेको शाहले जानकारी दिनु भयो ।

उहाँले यात्रु सहायता कक्षमा विभिन्न गन्तव्यको भाडादर स्पष्ट रूपमा उपलब्ध गराउन यातायात व्यवस्था विभागलाई आग्रह गर्नु भयो ।

उहाँका अनुसार टिकट बुकिङ खुला भएपछि टिकट काट्ने व्यक्तिको परिचयपत्र, सम्बन्धित यातायात समिति र टिकट काट्ने कर्मचारी आबद्ध संस्थाको विवरण स्पष्ट भए ट्राफिक प्रहरीलाई अनुगमन तथा कारबाहीमा सहज हुनेछ ।

शाहले चाडपर्वका बेला सवारी दुर्घटना न्यूनीकरणका लागि रुटअनुसार सवारीसाधन सञ्चालन गर्नुपर्नेमा समेत जोड दिनु भयो । विगतमा दशैंको समयमा अपनाइएको ‘क्यु–फ्री’ प्रणालीलाई पनि रुटअनुसार व्यवस्थित गर्नुपर्ने उहाँको भनाइ थियो ।

झापा जाने बसलाई झापाकै रुटमा र पोखरा जाने बसलाई पोखराकै रुटमा सञ्चालन गर्दा चालकलाई सम्बन्धित सडक र त्यसको अवस्थाबारे जानकारी हुने भएकाले दुर्घटनाको जोखिम कम गर्न सकिने शाहले बताउनु भयो ।

उहाँले अपरिचित रुटमा सवारी चलाउँदा चालकलाई सडकको अवस्था, घुम्ती, खाल्डाखुल्डी लगायतका विषयमा पर्याप्त जानकारी नहुन सक्ने भएकाले दुर्घटनाको जोखिम बढ्ने बताउनु भयो ।

शाहले चाडपर्वका बेला सबैभन्दा बढी सवारी चाप हुने कलंकी–नागढुंगा सडकखण्डमा ट्राफिक व्यवस्थापनका लागि उपलब्ध जनशक्तिलाई अधिकतम परिचालन गरिने जानकारी पनि दिनु भयो ।

उहाँका अनुसार दशैं सुरु हुनुभन्दा करिब चार दिनअघिदेखि उक्त सडकखण्डमा सवारी चाप बढ्ने भएकाले त्यसलाई व्यवस्थापन गर्न प्रहरी जनशक्ति परिचालन गरिनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक

भोजपुरमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रशासनको आग्रह

भोजपुर,२१ कार्तीक । जिल्ला प्रशासन कार्यालय भोजपुरले शुभ दीपावली पर्वलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । राति नौ बजे सम्म

कागको भाषा निकालेर रमेश दुलालले गरे २३औँ काग सम्मेलन

काठमाडौं,२१ कार्तीक । काग तिहार २०८३ को अवसरमा चर्चित एबम बहुप्रतिभाशाली कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि सयौँ काग बोलाएर २३औँ

तुलाधरको संघर्ष र योगदानबाट नयाँ पुस्ताले सिक्नुपर्छ : सुनिता डंगोल

काठमाडौं ,२१ कार्तीक। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वर्गीय पद्मरत्न तुलाधरले नेपाली समाज, भाषा, राजनीति, आदिवासी जनजातिको अधिकार र मानव अधिकारका क्षेत्रमा पु¥याएको योगदानलाई