काठमान्डौ ,१२ असोज ।राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई हाजिर गराउन भनेर पत्र पठाएको छ।
आयोगले सोमबार प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र लेख्दै कार्यालयका प्रमुख खड्कालाई उपस्थित गराउन भनेको हो।
पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरिएको भन्ने विषयमा बुझ्नका लागि पुगेको आयोगको टोलीलाई कार्यालयमा प्रवेश गर्न नदिइएको विषयमा बुझ्नका लागि प्रहरीलाई पत्र पठाएको हो।
‘उहाँलाई भोलि आयोगमा उपस्थित गराइदिनू भनेर हामीले प्रहरी प्रधान कार्यालय नक्सालमा पत्र पठाएका छौं,’ आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेले भन्नुभयो।





