इटहरीका १५ सहकारीलाई ३५ दिनको अल्टिमेटम, नत्र खारेजीसम्मको चेतावनी

इटहरी ,१३ असोज। लामो समयदेखि आवश्यक विवरण तथा कागजात नबुझाई निष्क्रियजस्तै रहेका १५ वटा सहकारी संस्थालाई इटहरी उपमहानगरपालिकाले ३५ दिनभित्र संस्था अद्यावधिक गर्न अल्टिमेटम दिएको छ।

उपमहानगरपालिकाको सहकारी शाखाले सूचना जारी गर्दै लगातार दुई वर्षभन्दा बढी समयदेखि आवश्यक विवरण नबुझाएका सहकारी संस्थाको नामावली सार्वजनिक गरेको हो।

नगर सहकारी ऐन, २०७५ को दफा ५२ तथा नगर सहकारी नियमावली, २०८० को नियम ५५ बमोजिम ती संस्थाको विवरण सार्वजनिक गरिएको उपमहानगरपालिकाले जनाएको छ।
त्यस्तै, सहकारी संघसंस्था दर्ता, सञ्चालन, अनुगमन तथा नियमनसम्बन्धी मापदण्ड, २०८० को दफा २६ को उपदफा ९१० बमोजिम नामावली सार्वजनिक गरिएको हो।

उपमहानगरपालिकाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गरी संस्था अद्यावधिक गर्न सम्बन्धित सहकारीलाई निर्देशन दिएको छ।

तोकिएको अवधिभित्र सम्पर्क नगरेमा प्रचलित कानुनबमोजिम थप कारबाही गर्नुका साथै संस्था खारेजीसम्मको प्रक्रिया अघि बढाउन सकिने चेतावनी उपमहानगरपालिकाले दिएको छ।

के–के कागजात बुझाउनुपर्ने ?
उपमहानगरपालिकाले सम्बन्धित सहकारी संस्थाबाट हालसम्म नबुझाइएका वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पेश गर्न भनेको छ।
त्यस्तै, वार्षिक कार्यक्रम तथा नीति–योजना, सञ्चालकहरूको नाम–ठेगानासहितको विवरण, साधारणसभाको बैठकसम्बन्धी जानकारी, शेयर सदस्य संख्या तथा शेयर पुँजी र विभिन्न कोषको विवरणसमेत बुझाउनुपर्नेछ।

सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरणसमेत पेश गर्न उपमहानगरपालिकाले निर्देशन दिएको छ।
उपमहानगरपालिकाले लामो समयदेखि आवश्यक विवरण नबुझाउने सहकारीलाई नियमनको दायरामा ल्याउने क्रममा १५ संस्थाको नाम सार्वजनिक गर्दै अन्तिम अवसर दिएको जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण

झापा बुद्धशान्ती,१३ असोज। जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सेनाको मात्र विश्वविद्यालय होइन : मन्त्री गौतम

काठमाडौं,१३ असोज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभएको बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको

उपराष्ट्रपति यादव र भारतका राजदूत श्रीवास्तबीच भेट, भारतीय सहयोगको प्रशंसा

काठमाडौं,१३ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार बिदाइ भेट गरेर्नु भएको छ । उपराष्ट्रपति

धरानमा विद्यार्थीको फिनेल सेवन प्रकरण ,पत्रकारमाथि उठ्यो प्रश्न ,बास्तबिकता के?

धरान ,१३ असोज। रिक्त शिक्षक नियुक्तिको माग गर्दै भएको आन्दोलनका क्रममा विद्यार्थी रोजन शंकरले फिनेल सेवन गरेको घटनामा पत्रकार सञ्जिता धमलाको नाम जोडिएको छ। आन्दोलनरत

पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोड बजेट स्वीकृत, एआईदेखि चिकित्सा शिक्षासम्म प्राथमिकता

विराटनगर,१३ असोज । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। सिंहदरबारस्थित

दमक नगरपालिकामा फारम भर्न र निवेदन लेख्न अब शुल्क नलाग्ने

दमक । १३ असोज | दमक नगरपालिकामा कार्यालयसँग सम्बन्धित फारम भर्ने र निवेदन लेख्न अब सेवाग्राहीले शुल्क तिर्नु नपर्ने भएको छ। नगरपालिकाले सेवाग्राहीलाई आवश्यक सहयोग