दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीको झोलुङ्गे पुल चुँडियो

कञ्चनपुर,१४ असोज । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमाथिको झोलुङ्गे पुल चुँडिँएको छ । बुधबार बिहान महाकाली नदीको बहावका कारण पुलको दोधारा चाँदनीतर्फको भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

पुलको करिब ५–६ मिटर भाग माथि उठ्नुका साथै एउटा पिल्लरसमेत भत्किएपछि आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ । पुलको बीच भागमा रहेको एउटा पोल महाकाली नदीले बगाएपछि पुलमा क्षति पुगेको हो । पुलमा क्षति भएपछि दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने पैदल आवागमन पूर्ण रूपमा प्रभावित भएको छ ।

क्षतिग्रस्त पुलको मर्मतका लागि सम्बन्धित निकायबाट पहल भइरहेको प्रहरीले जनाएको छ । उक्त झोलुङ्गे पुल नेपालका लामो झोलुङ्गे पुलमध्ये एक हो । यसलाई एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा समेत चिनिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधन

काठमान्डौ,१४ असोज । राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधन भएको छ । लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित रहेका क्षेत्रीको बुधबार बिहान ७ बजे अर्घाखाँचीको

मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी

काठमाडौं ,१४ असोज। मंगल ग्रहमा कुनै समय जीवन अनुकूल वातावरण रहेको र सूक्ष्मजीवसँग सम्बन्धित जैविक प्रक्रियाका सम्भावित संकेत भेटिएको नयाँ अध्ययनले देखाएको छ । नासाको

स्कार्पियो गाडी दुर्घटना,आठ जना घाइते

सुनकोशी गाउँपालिका–३, गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो गाडी अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा आठ जना घाइते भएका छन् । आज बिहान ८:३० बजे

स्कार्पियो गाडी दुर्घटना,आठ जना घाइते

सुनकोशी गाउँपालिका–३, गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो गाडी अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा आठ जना घाइते भएका छन् । आज बिहान ८:३० बजे

अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध

काठमाडौं,१४ असोज । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक

दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीको झोलुङ्गे पुल चुँडियो

कञ्चनपुर,१४ असोज । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमाथिको झोलुङ्गे पुल चुँडिँएको छ । बुधबार बिहान महाकाली नदीको बहावका कारण पुलको दोधारा चाँदनीतर्फको भागमा