स्पेनमा बाढीको जोखिम,यात्रामा प्रतिबन्ध

म्याड्रिड।अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले अत्यावश्यकबाहेकका यात्रामा प्रतिबन्ध लगाएका छन्।

कातालोनियामा बाढीसम्बन्धी आपतकालीन योजना सक्रिय गर्दै २० प्रशासनिक क्षेत्रमा आइतबार दिउँसोसम्म प्रतिबन्ध लागू गरिएको छ। अधिकांश यात्रुवाहक तथा क्षेत्रीय रेल सेवा पनि स्थगित गरिएको छ।

मौसमविद्हरूले आइतबार बिहान मौसमको जोखिम उच्चतम तहमा पुग्न सक्ने चेतावनी दिएका छन्। केही क्षेत्रमा तीन घण्टामै ९० मिलिमिटर भन्दा बढी र २४ घण्टामा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ। प्रभावित क्षेत्रमा मोबाइल फोनमार्फत आपतकालीन सूचना पठाइएको छ।

कातालोनियाका क्षेत्रीय राष्ट्रपति साल्भाडोर इयाले सर्वसाधारणलाई अत्यधिक सावधानी अपनाउन आग्रह गरेका छन्। अधिकारीहरूले भारी मेघगर्जनसहितको वर्षा, तीव्र हावा तथा पानीका बवण्डर वा टोर्नाडो आउन सक्ने चेतावनी दिएका छन्। आँधी आइतबार उत्तरतर्फ सर्ने अनुमान गरिएको छ।

यसैबीच, मध्य–पूर्वी स्पेनको अल्बासेते प्रान्तस्थित माद्रिगेरासमा आएको आकस्मिक बाढीमा १०२ वर्षीया एक महिलाको मृत्यु भएको छ। बाढीका कारण घर, सवारीसाधन तथा सार्वजनिक संरचनामा क्षति पुगेको छ।

करिब दुई घण्टामा प्रति वर्गमिटर १४० मिलिमिटरभन्दा बढी वर्षा भएपछि आएको बाढीका कारण करिब ९० जनालाई सुरक्षित स्थानमा सारिएको थियो। प्रभावित स्वास्थ्य केन्द्रबाट सेवा सञ्चालन गर्न नसकिएपछि स्वास्थ्य सेवा अस्थायी रूपमा रेडक्रसको परिसरबाट सञ्चालन गरिएको छ। –रासस रसिन्ह्वा 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गोर्खा युवती माथि दुर्व्यवहार पछि डाक्टरले मागे माफी

काठमाडौँ,१८ असोज । पश्चिम बंगालको डुवर्सस्थित बिरपाडा अस्पतालमा नेपाली भाषी गोर्खा समुदायकी एक युवती माथि दुर्व्यवहार भएको आरोपपछि विवाद चर्किएको छ। घटनाको विरोधमा अस्पताल परिसरमा

‘हामी आउँदै छौँ’ अभियान यही असोज २० गतेदेखि सुरु

काठमान्डौ,१८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद तथा केन्द्रीय सदस्यहरू केन्द्रित ‘हामी आउँदै छौँ’ अभियान यही असोज २० गतेदेखि सुरु गर्दैछ ।

पुनर्निर्माण सहायता र अमेरिकी लगानी खोज्दै अर्थमन्त्री वाग्ले

काठमाडौं ,१८ असोज। भोटेकोशी क्षेत्रमा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि थप बाह्य सहायता जुटाउने र नेपालका सडक तथा विद्युत् प्रसारण पूर्वाधारमा अमेरिकी निजी लगानी भित्र्याउने एजेन्डासहित

कांग्रेस महाधिवेशनका लागि प्रतिनिधि, नेता–कार्यकर्ता तथा समर्थक खुलामञ्च तिर अगाडि बढ्दै

काठमाडौं,१८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनका लागि प्रतिनिधि, नेता–कार्यकर्ता तथा समर्थक खुलामञ्चमा जमघट हुन थालेका छन् । दिउँसो २ बजे टुँडिखेलस्थित खुलामञ्चमा हुने

स्पेनमा बाढीको जोखिम,यात्रामा प्रतिबन्ध

म्याड्रिड।अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले अत्यावश्यकबाहेकका यात्रामा प्रतिबन्ध लगाएका छन्। कातालोनियामा बाढीसम्बन्धी आपतकालीन योजना सक्रिय गर्दै २० प्रशासनिक क्षेत्रमा आइतबार दिउँसोसम्म