भक्तपुर,१९ असोज । भक्तपुर सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा सोमबार बिहान आगलागी भएको छ।
नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा आज बिहान आगलागी भएको हो। जुद्ध बारुण यन्त्र भक्तपुरको दमकल र स्थानीयहरूको सहायोगमा करिब दुई घण्टामा आगो नियन्त्रणमा आएको छ।
जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धौभडेलका अनुसार आगलागीबाट कारखानामा रहेका सम्पूर्ण मेसिनरी सामान तथा प्लास्टिकका कच्चा पदार्थ पूर्ण रूपमा नष्ट भएका छन्। साथै, कारखानासँगै जोडिएको दिनेश मचामसीको घरमा समेत क्षति पुगेको छ।
आगलागीबाट करिब ४० लाखभन्दा बढी क्षति भएको प्रहरीले जानकारी दिएको छ। आगलागीको कारण भने खुलेको छैन भने घट्नास्थलमा प्रहरीले मुचुल्का उठाउने कार्य गरिहरको छ।
आगलागी भएलगत्तै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगलागी भएको उद्योगको निरीक्षण गरेका छन्।









