झापा,१९ असोज। जिल्ला सुरक्षा समिति झापाले झापा–इलाम सीमावर्ती क्षेत्रमा चोरी–निकासी, तस्करी र राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षा निगरानी बढाएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा सीमावर्ती क्षेत्रको स्थलगत अनुगमन गर्दै मुख्य नाकाबाहेकका वैकल्पिक सडक तथा ग्रामीण मार्गमा गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन दिइएको छ।
इलाम, पाँचथर र ताप्लेजुङबाट झापाको बाटो हुँदै भारततर्फ हुनसक्ने अवैध निकासी तथा चाडपर्वमा पटका लगायतका अवैध सामग्रीको ओसारपसार रोक्न थप सतर्कता अपनाउन भनिएको छ।
सम्बन्धित सुरक्षा युनिटले आफ्नो क्षेत्रमा भएका गस्ती र कारबाहीको विवरण प्रत्येक १५ दिनमा सुरक्षा समितिलाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ।









