झलनाथ खनालले नेकपाबाट अलग, ‘समाजवादी जागरण अभियान’ को घोषणा

काठमाडौं, । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग हुँदै ‘समाजवादी जागरण अभियान’ घोषणा गर्नु भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खनालले पार्टीबाट अलग भएको घोषणा गर्दै ‘समाजवादी जागरण अभियान’ सुरु गरेको जानकारी दिनुभयो।

खनाल नेतृत्वको अभियानको पहिलो भेलाले १५ वटा विभिन्न प्रस्तावसमेत पारित गरेको छ। कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने उद्देश्यसहित अभियान घोषणा गरिएको उहाँले बताउनु भएकोछ ।

उहाँको नेतृत्वमा शनिबार भेला गरी अभियान सञ्चालन गर्ने निर्णय गरिएको थियो। सोही भेलाबाट पारित निर्णय र अभियानका विषयमा सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

पत्रकार सम्मेलनमा खनालले नेकपा गठन हुँदाको अवस्थालाई स्मरण गर्दै भने, ‘नेकपा गठन हुँदा सबैभन्दा धेरै म नै खुसी थिएँ। यो पार्टीले कायापलट नै गर्छ कि भन्ने लागेको थियो। पार्टी निर्माण गर्दा जसरी जनतालाई भन्दै आएका थियौँ, त्यो पूरा हुन्छ कि भन्ने आशा थियो।’

उहाँले पार्टीले जनअपेक्षाअनुसार काम गर्न नसकेको र दुई तिहाइ बहुमत भएको संसद्समेत विघटन गर्ने अवस्था आएको बताउनु भयो।

‘तर हेर्दाहेर्दै दुई तिहाइ बहुमत भएको संसदलाई समेत विघटन गर्ने बेला आयो। त्यसपछि पनि पार्टीले जसरी जनमुखी भएर नीति कार्यक्रम लागू गर्नुपर्ने थियो, त्यो नहुँदा पार्टी विस्तारै जनताबाट अलग हुँदै गयो । पार्टीले जनतासँग घनिष्ठ सम्बन्ध हुँदैन, त्यसले चौतर्फी पराजय व्यहोर्नु अनिवार्य हुन्छ,’ उहाँले भन्नुभयो।

खनालले अब समाजवादमा जानुको अर्को विकल्प नरहेको भन्दै सबै वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउनुपर्ने बताउनु भयो।

उहाँले भन्नु भयो,‘अब समाजवादमा जानुको अर्को विकल्प छैन। त्यसैले समाजवादी जागरण अभियान सञ्चालन गरेर सम्पूर्ण वामपन्थीलाई एक ठाउँमा ल्याउनुपर्छ भनेर यो अभियान सुरु गर्न लागेका हौँ।’

उहाँले अभियान देशका समस्त कम्युनिस्टलाई एकताबद्ध गर्नका लागि भएको बताउनु भयो।

‘अभियान देशका समस्त कम्युनिस्टहरूलाई एकताबद्ध गर्नको लागि हो। अहिले हावी भएको दक्षिणपन्थी भड्काउबाट मुक्त गर्नको लागि सुरु गरेको हो,’ उहाँले भन्नु भयो।

नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न अभियानले भूमिका खेल्ने दाबी गर्दै उहाँले भन्नु भयो, ‘यो अभियानले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरेर मात्र विर्सजित हुन्छ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उद्योग वाणिज्य क्षेत्रका समस्या समाधान गर्न संसदीय समितिको पहल

काठमाडौं,१९ असोज । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएका नीतिगत तथा व्यवहारिक समस्या समाधानका लागि सरकार र

प्रधानमन्त्री र कांग्रेस नेता आङदेम्बे बीच भेटवार्ता

काठमाडौं,१९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नु भएको छ । सोमबार भएको भेटवार्तामा रसुवाका

मन्त्रिपरिषद्का पाँच निर्णय स् नर्वेबाट १० करोड अनुदानदेखि जेनजी आन्दोलनका मुद्दासम्म

काठमाडौं ,१९ असोज। मन्त्रिपरिषद्को गत असोज ९ गते बसेको बैठकले विभिन्न पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दे सरकारका प्रवक्ता सस्मित

हतियारसहित काँकडभिट्टा नाकाबाट भारतीय नागरिक पक्राउ

झापा,असोज १९ । नेपालमा हतियार भित्र्याउन खोज्ने एकजना भारतीय पक्राउ परेका छन् । काँकडभिट्टा नाका हुँदै नेपालमा हतियार भित्र्याउन खोज्ने भारतीय नागरिक सीमावर्ती पानीट्यांकीस्थित नयाँ

संविधान संशोधन गरेर ब्रिटिश गोर्खाहरुलाई वंशजको नागरिकता दिन माग

काठमाडौं ,१९ असोज। ब्रिटिश गोर्खा सैनिक तथा तिनका सन्तानहरूले नेपाली वंशजको नागरिकता निरन्तरता हुनुपर्ने सरोकारवालाहरुले माग गर्नुभयो । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनिहरुले संविधान संशोधन

झलनाथ खनालले नेकपाबाट अलग, ‘समाजवादी जागरण अभियान’ को घोषणा

काठमाडौं, । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग हुँदै ‘समाजवादी जागरण अभियान’ घोषणा गर्नु भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन