काठमाडौँ,२१,असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठोरले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गर्नु भएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै राठोरले पार्टी सङ्कटमा रहेका बेला मिलेर अघि बढ्नुपर्ने गगन थापाको प्रस्तावलाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको बताउनु भएको हो ।
उहाँले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै गगन थापाले राखेको मिलेर जाने प्रस्तावलाई समर्थन गर्ने निर्णयमा पुगेको बताउनु भयो । राठोरले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन आफू सक्रिय रहनेसमेत बताउनु भयो।
सभापतिमा अब गगन थापा र श्यामकृष्ण खड्गीसमेत २ जनाको उम्मेदवारी कायम छ ।










