कांग्रेस १५औँ महाधिवेशन

मतदानको समय बेलुका ७ बजेसम्म थप

काठमाडौं,२३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतदानको समय आज शुक्रबार बेलुका ७ बजेसम्मका लागि थप गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले एक सूचना जारी गर्दै मतदानको समय दुई घण्टा थप गरिएको जानकारी दिएको हो ।

 

यसअघि प्रकाशित निर्वाचन तालिका अनुसार बिहानदेखि सुरु भएको मतदानको समय दिउँसो ५ बजेसम्मका लागि निर्धारण गरिएको थियो । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी सूचना अनुसार मतदान प्रक्रियालाई सहज बनाउन र सम्पूर्ण प्रतिनिधिहरूलाई मताधिकार प्रयोग गर्ने अवसर सुनिश्चित गर्न समय बढाइएको जनाइएको छ । समितिले सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि, मतदाता तथा सरोकारवालाहरूलाई संशोधित समय अनुसार मतदानमा सहभागी हुन अनुरोध गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विपन्न, ज्येष्ठ नागरिक र विद्यार्थीलाई थुलुङ डेन्टलको निःशुल्क सेवा

दमक,२३ असोज । आर्थिक अभावका कारण दन्त उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले दमकस्थित थुलुङ डेन्टलले ७० वर्षमाथिका ज्येष्ठ नागरिक, विपन्न व्यक्ति तथा विद्यार्थीलाई निःशुल्क

मतदानको समय बेलुका ७ बजेसम्म थप

काठमाडौं,२३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतदानको समय आज शुक्रबार बेलुका ७ बजेसम्मका लागि थप गरिएको छ ।

कांग्रेसको १५औँ महाधिवेशनमा मतदान शुक्रबार बिहान ७ बजेदेखि मात्रै

काठमाडौँ ,२२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान शुक्रबार बिहानदेखि मात्रै शुरू हुने भएको छ। खराब मौसम र

रटेको ज्ञान होइन, सिकाइ मापन गर्ने परीक्षा प्रणाली आवश्यक छ : शिक्षामन्त्री पोखरेल

काठमाडौँ ,२२ असोज। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोग