सुकुम्बासी र सहकारी पीडितबारे बुझ्न झापा आउदै मन्त्री रावल

दमक, १६ कात्तिक । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा भइरहेको प्रगतिको समीक्षा र सहकारी पीडितका समस्या सुन्न भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल आज झापा आउँदै हुनुहुन्छ ।

 

जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मन्त्री रावलले जिल्लामा भूमि समस्या समाधानसँग सम्बन्धित विषयमा छलफल, स्थलगत अवलोकन तथा सहकारी पीडितहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

 

मन्त्री रावलले सबैभन्दा पहिले भूमि समस्या समाधान समिति झापाका पदाधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूसँग छलफल गर्ने कार्यक्रम छ । छलफलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या सम्बोधन गर्न हालसम्म भएका काम र प्रगतिको समीक्षा गरिनेछ ।

 

त्यसपछि मन्त्री रावलले कनकाई, दमक र गौरादहमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको बसोबास रहेका केही स्थानको स्थलगत अवलोकन गर्नुका साथै स्थानीय सरोकारवालासँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।

 

यसैगरी, मन्त्री रावलले दमकमा सहकारी पीडितहरूसँग पनि अन्तरक्रिया गर्नुहुनेछ । लामो समयदेखि बचत रकम फिर्ता नपाएका सहकारी पीडितले भोगिरहेका समस्या, बचत फिर्ताको अवस्था तथा समस्या समाधानका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले पत्रकारहरूलाई उपलब्ध गराउनुभएको कार्यतालिकामा उल्लेखित कार्यक्रमहरूको समय र केही स्थानमा थपघट हुन सक्ने जनाइएको छ ।

भूमि समस्या र सहकारी बचतकर्ताको रकम फिर्ताको विषय झापामा लामो समयदेखि चासो र सरोकारको विषय रहँदै आएको छ ।

मन्त्रीको झापा भ्रमणलाई यी दुवै विषयमा सरकारको पछिल्लो अवस्था, समस्या समाधानका प्रयास र आगामी कार्यदिशाबारे जानकारी लिने अवसरका रूपमा हेरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटमा मोटरसाइकल दुर्घटना : ३ जनाको मृत्यु

नुवाकोट,२३ कार्तीक । नुवाकोटको विदुरमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको छ । सोमबार बिहान विदुर नगरपालिका–९ स्थित खड्कथोकमा मोटरसाइकल सडकबाट

३५ वर्षमा केही भएन भन्ने भाष्य भ्रमपूर्ण छ: महेश बस्नेत

काठमाडौं,२३ कात्तिक । नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो समय केही नयाँ भनिएका राजनीतिक शक्तिहरूले ३५ वर्षमा देशमा केही भएन भन्दै भ्रमपूर्ण भाष्य निर्माण गरिरहेको

आखाँको प्रमुख असर,स्वस्थ राख्ने उपायहरू

मोबाइल तथा डिजिटल स्क्रिनको अत्यधिक प्रयोगले आँखाको समग्र स्वास्थ्यमा प्रत्यक्ष र गम्भीर असर पार्छ। लामो समयसम्म नरोकिकन मोबाइल हेरिरहँदा आँखाको बाहिरी सतहदेखि भित्री मांसपेशी र

एन्टिबायोटिक के हो र यसले कहिले काम गर्छ?

सामान्य रुघाखोकी, ज्वरो वा हल्का घाँटी दुख्नेबित्तिकै नजिकैको फार्मेसी पुगेर एन्टिबायोटिक किनेर खाने चलन नेपाली समाजमा निकै बढ्दो छ। तर, चिकित्सकको उचित जाँच र सिफारिसबिना

श्रीमती र भारतीय प्रेमी मिलेर पतिको हत्या

मोरङ,२३ कार्तीक । विवाहेत्तर प्रेम सम्बन्धबारे थाहा पाएपछि मोरङको जहदामा एक पुरुषको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफ्नै श्रीमती र उहाँका भारतीय

झापाको अर्जुनधारामा आगलागी : ग्वाली नष्ट, एक घाइते

झापा, २३ कात्तिक । झापाको अर्जुनधारामा आगलागी हुँदा ग्वाली जलेर नष्ट भएको छ ।आज बिहान ११ः४० बजे अर्जुनधारा ९ स्थित मगर टोल बस्ने मकरध्वज थापाको

नेपालमा आईटी र एआईको उच्च सम्भावना छ : सन्दीप नेलवाल

काठमाडौं ,२३ कार्तीक। ग्लोबल ब्लकचेन नेटवर्क पोलिगनका सह–संस्थापक सन्दीप नेलवालले नेपालमा सूचना प्रविधि आईटी तथा आर्टिफिसियल इन्टेलिजेन्स एआई क्षेत्रको सम्भावना उच्च रहेको बताँउनु भएको छ।