बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो:वरिष्ठ उपसभापति शर्माको

काठमाडौं,२३ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्न खोजिएको बताउनु भएको छ ।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा पूर्वसभापति शेरबहादुर देउवाको टिप्पणीलाई लक्षित गर्दै शर्माले सामाजिक सञ्जालमा आएका अपुष्ट कुराका आधारमा धारणा बनाउन नहुने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘एउटा बिचौलियाले कहीँ भन्यो अरे। त्यसैका आधारमा यति खायो रे, उति बुझायो रे, यति करोड बुझायो रे भनेर फेसबुकमा लेखेर हुन्छ ?’

उहाँले जीवनमा मन्त्रीका रूपमा ८–( महिना मात्रै जिम्मेवारीमा रहेका सभापति गगन थापा र आफू सांसद मात्र बनेको व्यक्ति भएको उल्लेख गर्दै करोडौँ रुपैयाँ बुझाएको भन्ने आरोपको आधारमाथि प्रश्न उठाउनु भयो । पटक–पटक सत्तामा पुगेका नेताहरूले नै त्यस्तो रकम बुझाउन सक्ने भन्दै उहाँले आफूलाई जोडेर गरिएका आरोपको खण्डन गर्नुभएको हो ।

शर्माले बिचौलियाले भनेको कुरालाई प्रमाणका रूपमा लिन नहुने तर्क गर्दै बैंक डकैतीमा पक्राउ परेको व्यक्तिले कसैको नाम लिँदैमा त्यसलाई अदालत र कानुनले प्रमाणका रूपमा स्वीकार गर्छ कि गर्दैन भन्ने उदाहरण प्रस्तुत गरर्नुभयो । उहाँले भन्नुभयो, ‘एउटा बिचौलियाले कहीँ भन्यो अरे भन्दैमा त्यसैको हुइँयामा कुद्नु हुँदैन।’

कांग्रेसको विशेष महाधिवेशन र १५औँ महाधिवेशन पार्टीको विधि, विधान, प्रक्रिया र संविधानअनुसार इमानदारितापूर्वक सम्पन्न भएको उहाँको दाबी थियो । राष्ट्रिय आवश्यकता र परिस्थितिका कारण पार्टीलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने अवस्था आएको उहाँले बताउनु भयो ।

‘ढुक्क मान्नुहोला, नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन गरेर १५औँ महाधिवेशनसम्म पुग्दै गर्दा पार्टीको विधि, विधान, प्रक्रिया, संविधान सबै कुराबमोजिम इमानदारितापूर्वक सबै काम भएको छ,’ उहाँले भन्नुभयोे ।
शर्माले गगन थापाको नेतृत्वमा कांग्रेस योजनाबद्ध रूपमा अघि बढिरहेको उल्लेख गर्दै पार्टीलाई चुस्त र व्यवस्थित बनाउने अभियानमा सबै नेता तथा कार्यकर्ता जुट्नुपर्ने बताउनु भयो । काभ्रेको कांग्रेसले आफ्नो संगठनको जरा बलियो बनाउनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई तनावमुक्त भएर अध्ययन, मेहनत र आत्मविश्वासका साथ काम गर्न आग्रह गर्नुभयो

उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई तनावमुक्त भएर अध्ययन, मेहनत र आत्मविश्वासका साथ काम गर्न आग्रह गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटमा मोटरसाइकल दुर्घटना : ३ जनाको मृत्यु

नुवाकोट,२३ कार्तीक । नुवाकोटको विदुरमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको छ । सोमबार बिहान विदुर नगरपालिका–९ स्थित खड्कथोकमा मोटरसाइकल सडकबाट

३५ वर्षमा केही भएन भन्ने भाष्य भ्रमपूर्ण छ: महेश बस्नेत

काठमाडौं,२३ कात्तिक । नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो समय केही नयाँ भनिएका राजनीतिक शक्तिहरूले ३५ वर्षमा देशमा केही भएन भन्दै भ्रमपूर्ण भाष्य निर्माण गरिरहेको

आखाँको प्रमुख असर,स्वस्थ राख्ने उपायहरू

मोबाइल तथा डिजिटल स्क्रिनको अत्यधिक प्रयोगले आँखाको समग्र स्वास्थ्यमा प्रत्यक्ष र गम्भीर असर पार्छ। लामो समयसम्म नरोकिकन मोबाइल हेरिरहँदा आँखाको बाहिरी सतहदेखि भित्री मांसपेशी र

एन्टिबायोटिक के हो र यसले कहिले काम गर्छ?

सामान्य रुघाखोकी, ज्वरो वा हल्का घाँटी दुख्नेबित्तिकै नजिकैको फार्मेसी पुगेर एन्टिबायोटिक किनेर खाने चलन नेपाली समाजमा निकै बढ्दो छ। तर, चिकित्सकको उचित जाँच र सिफारिसबिना

श्रीमती र भारतीय प्रेमी मिलेर पतिको हत्या

मोरङ,२३ कार्तीक । विवाहेत्तर प्रेम सम्बन्धबारे थाहा पाएपछि मोरङको जहदामा एक पुरुषको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफ्नै श्रीमती र उहाँका भारतीय

झापाको अर्जुनधारामा आगलागी : ग्वाली नष्ट, एक घाइते

झापा, २३ कात्तिक । झापाको अर्जुनधारामा आगलागी हुँदा ग्वाली जलेर नष्ट भएको छ ।आज बिहान ११ः४० बजे अर्जुनधारा ९ स्थित मगर टोल बस्ने मकरध्वज थापाको

नेपालमा आईटी र एआईको उच्च सम्भावना छ : सन्दीप नेलवाल

काठमाडौं ,२३ कार्तीक। ग्लोबल ब्लकचेन नेटवर्क पोलिगनका सह–संस्थापक सन्दीप नेलवालले नेपालमा सूचना प्रविधि आईटी तथा आर्टिफिसियल इन्टेलिजेन्स एआई क्षेत्रको सम्भावना उच्च रहेको बताँउनु भएको छ।