गौरवका आयोजनामा चासो

दमकमा नेतृत्व परिर्वतनको प्रभावः दमकका यी योजना अलपत्र पो पर्लान की ?

दमक/
झापाको दमक नगरपालिका पछिल्लो समय शहर बन्दै गरेको नगर हो । यहाँ विभिन्न जिल्लाबाट आप्रावासन गरेर आउनेको संख्या बढ्दो छ ।
दमक अन्य नगरभन्दा सफा छ । सडक फराकिला छन् । बस्तीहरु व्यवस्थित बन्दै गएका छन् ।

अझ महत्वपूणर् विषय भनेको यहाँ राष्ट्रिय गौरवका आयोजनाहरु धमाधम निर्माण भइरहेका छन् । यी आयोजना सम्पन्न भएपछि दमक व्यवसायीक रुपमा ट्रान्जीट पोइन्ट बन्ने छ । पर्यटकिय क्षेत्र बन्ने छ । शिक्षा र स्वास्थ्यमा समान पहुच स्थापना गराई शिक्षा र स्वास्थ्यको केन्द्र बन्ने छ । ठुला ठुला सेमिनार यहाँ हुने छन् ।
तर यी काम त्यसबेला पुरा हुन्छ जतिबेला यहाँ निर्माणका चरणमा रहेका योजनाहरुले पूणर्ता पाउँछ । ती योजना हुन , निर्माणाधिन भ्यू टावर, निर्माणाधिन दमक सभाहल, निर्माणाधिन दमक बहुमुखी क्याम्पसको नयाँ भवन, निर्माणाधिन दमक अस्पताल, ठेक्का सम्झौता हुन रोकिएको मदन भण्डारी रङ्गशाला, जग्गा प्राप्ती भएर जग्गाको व्यवस्थापन भइसकेको विस्वकै अग्लो बुद्धको मुर्ती , लाखौले रोजगार पाउने नेपाल-चाईना इन्डस्ट्रियल पार्क , सि फेज ढल निर्माण र दमक रवि चिसापानी सडक ।
यी आयोजनाको पूणर्ता हुने हो भने मात्रैपनि दमक समृद्ध बन्न निकै वर्ष कुर्नै पर्दैन । यी सबै योजना दमकका स्थानीय जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधीको पहलमा पूर्व प्रधानमन्त्री केपि शर्मा ओली मार्फत आएका हुन ।

भ्यू टावर निर्माण सम्पन्न भएपछि त्यो अन्तराष्ट्रिय स्तरको सपिङ टावरको रुपमा विकास हुने छ । विस्वका चर्चीत ब्राण्डका सामान खरिद गर्न अहिले पूर्वि नेपालका नागरिकहरु भरतको सिलगुढि तथा अन्य शहरमा जाने गरेका छन् । तर यो टावर निर्माण भएपछि सिलगुढिको बजारमा पाउने भन्दा बढि गुणस्तिरिय सामान यहाँ पाइने छ । र यहाँ सपिङ गर्न पश्मिम भारत देखिका नागरिक देखि लिएर बंगलादेश, भुटान सम्मका नागरिक आउने गरिको बिजनेश प्लान तयार भएको छ ।

यसलाई एउटा बिजनेश टावरको रुपमा मात्र नभइ मनोरन्जन गर्ने स्थलको रुपमा समेत विकसित गराइदै छ । यहाँ मल्टि प्लेक्स सिनेमा हल देखि लिएर, बाल उद्यन, तथा यूवा यूवतिकालागि व्यायम गर्ने स्थल सम्मको तयारी हुदै छ । यो टावर निर्माण भएपछि न्यूनतम पनि ३ हजार दमक बासिले प्रत्यक्ष रोजगार र अन्य हजारौले अप्रत्यक्ष रोजगार पाउने छन । दमकका विभिन्न स्थानका मानिसहरुको चहल पहल बढ्ने भएकोले आर्थीक गतिविधि बृद्धि हुन्छ र दमकमा व्यवसायीक गतिविधि बढ्ने छ ।
दमकको व्यवसायीक गतिविधि बढाउन यो टावर मात्रै महत्वपूणर् छैन । यो सगै यहाँ बन्दै गरेको दमक रवि चिसापानी सडकलाई निर्माण सम्पन्न गराउन पर्छ । यो सडकलाई नेपाल-भारत-चिन जोड्ने त्रीदेशिय रणनितीक सडकको रुपमा विकास गराई दमकलाई ट्रान्जिट पोइन्ट बनाउन सकिन्छ । यदी यसो भएमा मात्रै दमकमा व्यवसायीक गतिविधि बढ्ने छ । आर्थीक गतिविधिले चलायमान भएपछि समृद्ध दमक बन्न धेरै वर्ष नै पर्खनु पर्दैन ।

दमकमा बन्दै गरेको दमक सभाहल । हजार भन्दा मानीसहरुको उपस्थितीमा बृहत कार्यक्रम गर्न सकिन्छ । यस प्रकारको सभाहल प्रदेश १ कै नमुना हो । यसको सञ्चालनको पनि बिजनेस प्लान बनेको छ । यसबाट दमक नगरले वार्षिक रुपमा लाखौ रुपैँया आम्दानी गर्छ र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगार बृद्धि गराउँछ ।
दमकको उत्तरी क्षेत्रका नागरिकको समृद्धिको स्वाद चाख्ने बेला आउन लागेको छ । अहिले त्यहा प्रदेशकै नमुना सडक बनिरहेकोछ । त्यहाँ विस्वकै अग्लो बुद्धको मुर्त बन्ने प्रकृया अघी बढेको छ । १५ अर्ब ७५ करोड रुपैयाँको लागतमा दमक ३ बन्ने भनिएको यो मुर्तिको डिपिआर तयार भइसकेको छ । मदन भण्डारी रङ्गशाला ठेक्का सम्झौता गर्नलाई सबै तयारी पुरा भएर फाईल रोकिएको छ ।

यस्तै दमकको दक्षिण क्षेत्रका नागरिकले विकासको प्रत्यक्ष अनुभुति गर्ने नेपाल चिन औद्योगिक पार्क निर्माणले दमकको समृद्धिमा अर्को उचाई थप्ने छ । यहाँ प्रत्यक्ष र अप्रत्यक्ष गरि लाखौले रोजगार पाउने छन् । यहाँ छुट्टै अस्पताल बन्ने छ । विद्यालय बन्ने छन् । सडक विकास हुने छ । देशी विदेशी नागरिकहरुको आवामगन बाक्लीने छ । स्थानीय ब्यापार व्यवसाय बृद्धि हुने छ । र दमक बासीको कमाई अहिलेको तुलनामा बढि हुने छ । काम खोज्दै विदेश जानेको संख्या न्यून हुने छ ।
सुविधा सम्पन्न दमक अस्पताल अन्तिम तयारीमा छ । यो अस्पतालमा अहिले सम्म दमका निजी अस्पतालले समेत दिन नसकेको जटिल रोगको उपचारका लागि तयारी हुदै छ । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सघं सस्थाहरुसँगको समन्वयमा यो अस्पताललाई प्रदेशकै नमुना अस्पताल बनाएर सर्वसुलभ उपचार गर्ने केन्द्रको रुपमा विकास हुदै गरेको छ ।

यतीमात्र होईन, दमक स्थित रेडक्रस भवनमा प्रदेश स्तरिय बाल अस्पताल तयार हुदै छ । बालबालिकाका लागि सबै प्रकारका उपचार र परिक्षण गराउने गरिको सेवा यहाँ ल्याउने तयारी हुदै छ ।

तर यी सबै योजना अव दमकमा सफल होला त भन्ने प्रश्न यतीबेला आम दमकबासीमा खेल्न थालेको छ । यी आयोजना पहल गरेर ल्याउने जनप्रतिनिधी अहिले दमकको नेतृत्वमा पुग्न सकेनन् । गठबन्धनबाट निर्वाचित भएका नगर प्रमुख र उप प्रमुखको साझा घोषणा पत्रमा यी आयोजनाको बारेमा केहि बोलिएको छैन ।
त्यसैले यी आयोजना सम्पन्न नहोलान र अलपत्र पर्लान कि भन्ने चिन्ता दमकबासीको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बालेन–मोदी बिच सहमती भएका परियोजना, नेपालको अर्थतन्त्रमा पार्न सक्ने प्रभाव कस्तो ?

नेपालको भारतसँगको उच्च व्यापार निर्भरतालाई ध्यानमा राख्दा यस्ता परियोजनाले आर्थिक अवसरसँगै निर्भरता व्यवस्थापनको चुनौती पनि थप्न सक्छन्।

प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान, दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नु भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्ली

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री शाहको भारत भ्रमण

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधानमन्त्री

काठमाडौं ,६ मंसिर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाँउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा निस्केपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा प्रस्थान

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम

कीर्तिमानै कीर्तिमानका साथ एनपीएलको तेस्रो संस्करण सम्पन्न, सुदूरपश्चिम च्याम्पियन

काठमाडौं ,६ मंसिर। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली

अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई ३ वर्ष जेल सजाय

सिड्नी,६ मंसिर । चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन (स्पोन्सरसिप) मिलाउने योजनामा संलग्न रहेको अभियोगमा अस्ट्रेलियाको न्यू साउथ वेल्स (एन् एस् डब्ल्यू) राज्यका पूर्व