मुल्य बृद्धि रोक्ने उपाय

सरकारले यसो गर्यो भने पेट्रोलको मुल्य घट्न सक्छ : प्राध्यापक बास्कोटाका उपाय (भिडियो सहित)

दमक/
सरकारले एकैपटक पेट्रोलियम पदार्थमा अचाक्ली मुल्य बृद्धि गर्यो । स्थानीय तहको निर्वाचन सकिएको भोलीपल्टै सरकारले मुल्य बृद्धिको घोषणा गर्यो । अहिले यसको सडक देखी सदन सम्म बिरोध भइरहेको छ ।

अहिले आम नागरिकको क्रय शक्ति कमजोर भएको छ । आर्थीक मन्दीले गर्दा उपभोक्तासँग पर्याप्त पैसा छैन । तर सरकार यस्तो बेलामा पनि राजस्व संकलनमा मात्रै ध्यान केन्द्रित गरेर बसेको दमक बहुमुखी क्याम्पसका प्राध्यापक धनन्जय बास्कोटा बताउनु हुन्छ ।

बिहिबार उज्यालो खवरको कार्यालयमै आएर आएर उहाँले सरकार जनताको प्रतिनिधी बन्न नसकेको भन्दै टिप्पणी पनि गर्नु भयो ।

जनताको घरमा चुल्हो निभ्ने अवस्था सरकार आफैले ल्याइरहेको छ । यो निन्दनीय कुरा हो । उहाँले उज्यलो खवरसँगको कुराकानीका क्रममा बताउनु भएको छ ।

अन्तराष्ट्रिय बजारमा पेट्रोलको मुल्य बढ्यो त्यहि भएर नेपालमा पनि बढाइएको हो भन्ने सरकारको तर्क गलत रहेको उहाँको भनाई छ ।
सरकार नाफा घाटा हेर्ने ब्यापारी बन्न खोजेको भन्दै उहाँ भन्नु हुन्छ ‘सरकारले यस्तो बेलामा पेट्रोलियम पदार्थमा आयल निगमलाई अनुदान दिएर भएपनि मुल्य बृद्धि गर्नबाट रोक्न पर्छ । ’

नेपाल आयाल निगमले आयात गर्दा जुन लागत तिर्छ त्यसमा सरकारले आम नागरिकलाई मुल्य बृद्धि नगर्ने गरि बढाउनु पर्ने शुल्क बराबरको रकम अनुदान दिएर भएपनि यसको नियन्त्रण गर्न सकिन्थ्यो ।

तर सरकारले ब्यापारीको जस्तो नाफा घाटा हेरेर बस्यो । ’ बास्कोटा भन्नु हुन्छ ‘सरकार भनेको जनताको प्रतिनिधी हो । तर जनताको प्रतिनिधिले जनताको समस्या बुझेर समाधानका उपाय ननिकाले कस्ले निकाल्छ त ? उहाँको प्रश्न छ ।

 

पेट्रोलियम पदार्थको मुल्य बृद्धि हदा त्यसको मात्रै महगी बढ्दैन । यसले नुन देखी सुन सम्मको बजारमा असर गर्छ ।

यसले ढुवानीमा हुने लागत बृद्धि गराएसँगै हरेक दैनिक उपभोग्य बस्तुको मुल्य बृद्धि हुने भएकोले यी सबै हुनबाट रोक्न सरकारले पेट्रोलियम पदार्थमा अनुदान दिएर भएपनि नियन्त्रण गर्नै पर्ने उहाँको सुझाव छ ।

उज्यालो खवरले प्राध्यापक बास्कोटासँग गरेको कुराकानीको भिडयो तलको लिङकबाट हेर्न सक्नु हुने छ ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा