दमक/
दमक नगरपालिकाले घर बहाल करको दर बढाएपनि लक्ष अनुसार कर संकलन गर्न भने सकेन ।
१० प्रतिशत लिइदै आएको घर बहाल करको दर २ प्रतिशतमा घटाएपनि कर संकलनले लक्ष भेट्न सकेन ।
यसमा घर भाडामा बस्ने र दिने बिच हुने सम्झौता र लिइने रकको वास्तविकतामा अन्तर हुदा पनि लक्ष अनुसारको कर संकलन हुन नसकेको घर बहाल तथा भाडामा बस्नेहरुको भनाई छ ।
झापाको दमक स्थित गोर्खा डिपार्टमेण्ट भएको ठाउँमा एउटा सटर भाडामा लिएरु पसल गर्नु हुने धनपति ओडारीलाई लाग्छ अहिले आर्थीक तरलता भएको बेलामा घर धनिले भाडा नबढाए हुने थियो ।
तर घर धनीले जस्तो सुकै परिस्थितीमा पनि वार्षिक १० प्रतिशत न्यूनतम भाडा बृद्धि गरिरहेकोमा उहाँको गुनासो छ । अझ आफुहरुले तिर्ने भाडाको बास्तविक रकम र सम्झौता हुँदा गरिने रकम अंकमा फरक पर्दा आफुहरुको तिरे बराबरको भाडामा धर धनिले चाहि बाहल कर नतिर्दा करको चुवावट भइरहेको बताउनु हुन्छ ।
नेपाल घर बहाल उपभोक्ता हक हित सघं झापाका उपाध्यक्ष समेत रहनु भएका ओडारी आफुहरुसँग झै जतिसक्दो बढि भाडा असुल्ने तर कर तिर्नकालागि चाहि कम अंकमा सम्झौता हुँदा घर धनीले कर छलि गरिरहेको बताउनु हुन्छ ।
तर अव चाहि यस्तो हुन नदिने सघंले प्रतिवद्धता जनाएको छ । सघंका केन्द्रिय उपाध्यक्ष सिताराम खतिवडाले सबै घर धनी र भाडामा बस्ने बिच हुने सहमती पत्र स्थानिय जनप्रतिनिधीको रोबहरमा मात्रै हुने गरिको प्रावधान ल्याने हो भने यस्तो समस्या हल हुने बताउनु हुन्छ । यसले दुवै पक्षको इमान्दारिता देखिने र स्थानिय सरकारले पनि लक्ष अनुसारको कर संकलन गर्ने खतिवडाले बताउनु भयो ।
शनिबार घर बहाल सरोकार महासघं नेपालको १२ औस्थापना दिवसको अवसरमा दमकमा पनि कार्यक्रम गरियो ।
नेपाल घर बहाल उपभोक्ता हक हित सघं झापाको आयोजना तथा दमक मल,जेष्ठ नागरिक योग साधना केन्द्र र द आर्ट अफ लिभिङ नेपाल सस्थाहरुको सहभागीतामा रक्तदान कार्यक्रम तथा घर बहाल कर सम्बन्धी अन्तरकृया सम्पन्न गरियो ।

कार्यक्रममा २४ पिण्ट रगत संकलन भएको नेपाल रेडक्रस सोसाईटि दमक उपशाखाको रक्तसञ्चार केन्द्रले जानकारी दिएको छ ।
नेपाल घर बहाल उपभोक्ता हक हित सघं झापाका अध्यक्ष बिनोद कुमार निरौलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न सघं सस्थामा आवद्ध तथा घर धनी र भाडामा बस्नेहरुको उपस्थित रहेको थियो ।










