स्वस्तिमालाई फ्यानको प्रश्न- ‘के तपाईले निश्चलसँग पैसाको लागि बिहे गर्नुभएको हो’ ?

स्वस्तिमा खड्का सामाजिक सञ्जालमा निकै सक्रिय रहने नायिका हुन् । उनी सामाजिक सञ्जालमा फ्यानले गरेका प्रश्नको जवाफ दिइरहेकी हुन्छिन् । यसैबिच एक प्रयोगकर्ताले स्वस्तिमालाई यस्तो प्रश्न गरे, जुन प्रश्न सुनेर स्वस्तिमाका फ्यानको मात्र नभएर स्वस्तिमाको पनि होस नै उड्यो ।

उनले फ्यानबाट त्यस्तो प्रश्न आउँछ भनेर सायदै सोचेकी थिइन् । एक फ्यानले उनलाई भने, के तपाईले निश्चलसँग पैसाको लागि विवाह गर्नुभएको हो ? तपाइले बच्चाको बारेमा किन सोच्नुभएको छैन ?

जवाफमा स्वस्तिमाले भनिन्, ‘के पैसा कमाउन सजिलो छ र रु हामी किन मिहिनेतका साथ काम गरिरहेका छौ रु सजिलो जवाफ छ कि, कोहीसँग बिहे गर अनी पैसा कमाउ । बच्चाको बिषयमा अहिले कुनै आइडिया छैन ।’

यस्तै, केही मानिसहरुले गर्ने आलोचनाको बिषयमा के भन्नुहुन्छ भन्ने प्रश्नमा स्वस्तिमा भन्छिन्–‘घृणा कुनै पनि मानिसको नकारात्मक भावना, डर र असुरक्षा व्यक्त गर्ने माध्यम हो ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।