‘नाई नभन्नु ल ६’ मा एकसाथ देखिदैँ २ बर्षा

विकासराज आचार्यले चलचित्र नाई नभन्नु ल ६ बनाउने तयारी गरिरहेका थिए । तर त्यहि समयमा लकडाउन भएपछि चलचित्रको सम्पूर्ण काम रोकिएको छ । विकासले योजना बनाएअनुसार अब नाई नभन्नु ल ६ को छायांकन साउनबाट सुरु गरिने छ ।

तर लकडाउनपछिको स्थिति कस्तो हुन्छ, त्यो हेरेर मात्र चलचित्रको काम अगाडी बढ्ने बताइएको छ । विकासले नाई नभन्नु ल ६ मा नयाँ ट्वीस्ट ल्याउँदै छन् । यसपटक चलचित्रमा ३ नायिका हुने बताइएको छ ।

विकासले चलचित्रको लागि नायिका बर्षा राउतलाई अफर गरेको बताइएको छ । तर बर्षाले भने यसबारे केहीपनि जानकारी दिएकी छैनन् । यस्तै चलचित्रका लागि विकासले बर्षा सिवाकोटीलाई पनि अफर गरिसकेको बताइएको छ ।

यसरी हेर्दा नाई नभन्नु ल ६ मा २ बर्षालाई एकसाथ देख्ने सम्भावना प्रवल छ । अर्की नायिकाको रुपमा विकासले आँचलको नाम अगाडी ल्याएका छन् । तर उनले चलचित्रबारे आँचलसँग कुरा अहिलेसम्म नगरेको बताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी

१,३८५ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।बाढीका कारण रसुवा, नुवाकोट,

प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन फोरएच नेपालको माग

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच