दमक/
अर्थमन्त्रीबाट जनर्दशन शर्माले राजीनामाको घोषणा गरेपछि त्रिभूवन विस्व विद्यालयका उप प्राध्यापक तथा अर्थशास्त्री डा. दिलनाथ दंगालले अर्थमन्त्रीको राजिनामालाई ठुलो सकसपूणर् राजिनामाको सज्ञा दिनु भएको छ । उहाँले सामाजिक सञ्जालमा पोष्ट गर्दै भन्नु भयो ‘ठूलो सकस र आर्थिक क्षति पछि अर्थमन्त्रीको राजिनामा आयो । ’
उहाँले यस अघी देखीनै देशको अर्थतन्त्र सुधार गर्ने हो भने सबैभन्दा पहिला अर्थ नबुझेका अर्थमन्त्री जनार्दन शर्मालाई हटाउनु पर्ने बताउँदै आउनु भएको थियो ।
बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिनु भएको हो । उहाँमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ ।
उहाँले अर्थमन्त्री शर्मा र उहाँका पालामा भएका आर्थीक क्षती र यसले पारेको असरका बारेमा उहाँले आफ्नै शब्दमा उल्लेख गर्नु भएको छ ।
२०७८ श्रावण २९ गते योहो टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा प्रधानमन्त्री देउवाले देशको अर्थतन्त्र सवल बनाउने हो भने तत्काल सक्षम र अर्थ बुझेको अर्थमन्त्री खोज्नु पर्छ भन्दा धेरै साथीहरुको तारो भएको थिए म । तर आज सम्म आई पुग्दा त्यो समयमा म सहि रहेछु भन्ने कुरा प्रमाणित भएको छ ।
सम्पूणर् नेपाली र ती साथीहरुले पनि मैले जस्तै महसुर गरिरहनु र भोगि पनि रहनु भएको होला भन्ने ठानेको छु । अझै अर्थमन्त्रीको बचाउमा कसैलाई केहि भन्नु छ भने कमेन्ट गर्दा पनि हुन्छ । यो बिचको समयमा जनार्दन जीले धेरै नै विवादास्पद निणर्य गरेका छन् ।
सबै भन्दा पहिला त उनले स्वेत पत्र भित्र अस्वेत छिद्रहरु राखेर जनतालाई अर्थतन्त्रको गलत तथ्य पेश गरे । त्यसपछि तत्कालीन अर्थमन्त्री बिष्णु पौडेलले प्रस्तुत गरेको पूणर् बजेटलाई प्रतिस्थापन विधेयक मार्फत मान्यता नदिने घोषणा गरे र नेपालको इतिहासमा नै पहिलो पटक बजेट होलिडेको सिर्जना गरे ।
उनले ल्याएको प्रतिस्थापन विधेयकमा केहि व्यक्तिलाईमात्र फाईदा हुनेगरी काम गरे भने सोहि विधेयकमा आयस्रोत नखुलाई लगानी गर्न पाउने व्यवस्था पनि गरे जसले गर्दा अन्र्राष्ट्रिय स्तरमा नेपालको छवि नराम्रो भयो । त्यसैगरी केहि उद्योगलाई फाइदा पुग्नेगरी पत्रु आइरनमा भन्सार छुटको व्यवस्था गरे भने सामान्य उपभोक्ताको आवश्यकताको रुपमा रहेको १२५ देखि १५५ सीसीसम्मका मोटरसाइकलमा लाग्दै आएको अन्तःशुल्क प्रतिस्थापन विधेयकमार्फत बढाएर।
वि.सं.२०८२ सम्म सञ्चालनमा आउने निर्माणाधीन होटल तथा रिसोर्टलाई सवारीसाधन आयातमा भन्सार महसुल छुट गर्ने व्यवस्था मिलाए भने प्राइभेट स्तरबाट सञ्चालित हिमालयन पुर्नबिमा कम्पनीलाई लाभ हुनेगरी पुनर्बिमा गराउने व्यस्वस्था गरे ।
पछिल्लो अवस्थामा राष्ट्र बैंकबाट पृथ्वी शाहको शंकास्पद रकम छुटाउन उनी आफै सक्रिय भए र सो सम्भव नएपछि प्रतिशोध साध्न गभर्नरलाई नै कानुन विपरित निलम्बन गरीदिए ।
२०७९/८०को बजेट निर्माणको क्रममा बिचौलियाहरुको प्रवेश गराएर करकादरहरु हेरफेर गराए भने प्रमाणको रुपमा रहेको सीसीटीभी फुटेज नै डिलिटगराउन लगाए ।
केहि ब्यापारीलाईमात्र फाईदा पुग्ने गरी विद्युतीय सवारी साधनमा कर थप गरे र सेनेटरी प्याडमा भन्सार छुटको विभेदकारी करनीति ल्याए साथै चाउचाउ, बिस्कुटजस्ता उद्योगलाई आवश्यक पर्ने प्रशोधित पाम तेल आयातमा सीमित उद्योगीलाई आयातमा छुट गराए र अर्थतन्त्रलाई गम्भिर मोडमा पुर्याएको अवस्था छ ।
यदि त्यो समयमा नै अर्थमन्त्रीको विकल्प खोज्न पाएको भए यी माथी उल्लेख गरिएका आर्थिक अपराधहरु हुने थिएनन् भने अर्थतन्त्र अहिलेको जस्तोे दयनीय अवस्थामा पुग्ने पनि थिएन् ।










