नायिका पुजाका लागि लक्की हिरो पल, प्रेमी आकाश

लकडाउन पछि फिल्म र यस अन्तर्गतका अवस्थाहरु प्राय शुन्य छन् । तर केही कलाकारहरु लकडाउनकै बीच केही चर्चामा छन् । लकडाउनकै बीच पुजा शर्मा र पल शाहले फिल्ममा काम गर्ने मजदुरहरुलाई राहत पनि वितरण गरेका थिए ।

लकडाउनकै बीचबाट नायिका पुजा शर्माले नायक पल शाहलाई आफ्नो लक्की हिरो पल भएको बताएकी छिन् । पुजा शर्मा र पल शाहले एक साथ काम गरेको पहिलो फिल्म ‘म यस्तो गीत गाउँछु’ हो । पहिलो फिल्म नै चर्चामा रहेपछि त्यसको सिक्वेल आईरहँदा पुजाले यसो भन्नु कुनै नौलो कुरा होईन ।

नायिका पुजा शर्मा मिडियामा छाईरहने नायिका मध्ये एक हुन् । आफ्नो समय सन्दर्भ जुन फिल्म आउँछ त्यहि फिल्मको कलाकारसँग उनले आफ्नो जोडीलाई चर्चामा राख्ने गरेकी छिन् । फिल्म ‘अझै पनि’देखि ‘प्रेम गीत’ होस् या अहिले ‘म यस्तो गीत गाउँछु २’ सम्म किन नहोस् ।

हरेक फिल्ममा आफ्नो को एक्टरलाई लक्की, दयालु, प्रेमील, मेरो हिट जोडी बन्नु उनको निरन्तरको फण्डा नै हो । यसो त फिल्म ‘रामकहानी’ पछि आकाश श्रेष्ठ र नायिका पुजा शर्माको प्रेम केही झाँगिएको जानकारहरु बताउँछन् ।

फिल्म सुटिङको क्रममा नजिक भएका यी जोडी वैबाहिक जीवनसम्म पुग्ने धेरैको आँकलन छ । जे होस् पुजाले अहिलेसम्म आईपुग्दा पललाई लक्की हिरोको रुपमा अघि सारेकी छिन् भने आकाशलाई आफ्नो प्रेमी । भोलीका दिन अर्को फिल्म रिलिजको संघार हुदाँ उनको लक्की हिरोहरु कति थपिने हो त्यो भने उनैलाई थाहा होला ।

https://youtu.be/Z4sEJfN-jwc

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत