दमक/
दमक नगरपालिकामा आर्थिक वर्ष २०७९÷८० का लागि निति तथा कार्यक्रम एवं बजेट पास भएकै छैन । असार १० गते नगरको एघारौ नगरसभामा पेष भएको बजेट , निति तथा कार्यक्रम पटक पटक सभा स्थगीत भएपछि पारित हुन सकेको छैन । तर बजेट पारित नभएपनि आर्थिक कारोबार भने नगरपालिकाका बिभिन्न वडाले गरिरहेका छन् ।
हरेक आर्थिक वर्षमा आर्थिक विधेयक बनाएर त्यसलाई नगरसभाबाट पारित गराएपछि मात्रै त्यस पालिका सरकारले त्यो आर्थिक वर्षमा आफनो कारोबार गर्नु पर्ने हो । तर दमक नगरपालिकाले सभामा आर्थिक विधेयक पेष मात्रै भएको छ । पारित भएको छैन । पारित नभएपनि आर्थिक कारोबारमा पनि कुनै रोकावट नआएको पाइएको छ ।
२०७९ साउन ५ गते दमक नगरपालिका वडा नं ७ ले एकिकृत सम्पत्ति कर राजस्व संकलन गरेको छ । ‘दमक नगरपालिका अन्तर्गत वडारुमा साविकको संकलन गरिदै आएको एकिकृत सम्पत्ती कर , मालपोत कर अन्तर्गत आथिएक वर्ष २०७९÷८० को राजस्व रकम रु ५ सय असुल गरि पठाइएको ’भन्ने निवेदन उज्यालो खवरले प्राप्त गरेको छ । यसमा वडा नं ७ का वडाध्यक्ष भीम पौडेलले हस्ताक्षर गर्नु भएको छ ।
यस्तै वडा नं ४ ले पनि यस्तै प्रकृतीको राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९÷८० को मालपोत रकम असुली गरिएको प्रमाण पनि फेला परेको छ । यो असुली गरिएको पत्र साउन २ गते काटीएको हो । यसमा कार्यवहाक वडाध्यक्ष गोविन्द श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।
दमकको वडा नं २ मा मालपोत कार्यालयको नाममा पत्र लेख्दै सम्पत्ती कर धरौटी मार्फत ५ सय रुपैँया जम्मा भएको व्यहोरा उल्लेख गरिएको छ । साउन ४ गते जारि भएको यो पत्रमा कार्यवाहक वडाध्यक्ष छविलाल दुलालले हस्ताक्षर गर्नु भएको छ ।
‘जनप्रतिनिधीको निर्देशनमा सम्पत्ती कर बुझयौ ’: वडा सचिव
वडा नं ७ का वडा सचिव टिका दाहालले अहिले नै यसरी रकम धरौटि लिने वा सफारिस बनाउने काम गर्न नहुने स्विकार गर्नु हुन्छ । तर वडाध्यक्षको निर्देशन आएपछि आफुले काम गर्नै पर्ने बाध्यता रहेकोले रकम धरौटि लिएको उहाँले प्रष्ट पार्नु भयो ।
यता वडा नं ४ कि वडा सचिव अस्मिता खनाल भन्नु हुन्छ ‘यस अघीका आर्थिक वर्षमा समयमानै बजेट पास हुने गथ्र्यो र सबै दिन काटिरहिएको थियो । यो पटक झुक्किएर सिफारिस पत्र बनाइए तर अव त्यो पनि बन्द गरिसक्यो ।’
यस्तै वडा नं २ का वडा सचिव बालकृष्ण कोईरालाले अधयक्षको निर्देशनमा सो सिफारिस बनाइएको बताउनु भयो ।‘सिफारिस बनाइसकेपछि नगरपालिकाले टिप्पणी बनाएर नगर प्रमुखलाई बुझाएको छ । तर उहाँले त्यो सदर भने गर्नु भएको छैन । ’ वडा सचिव कोईराला भन्नु हुन्छ वडाध्यक्षज्यूले भोली करको दर घटबढ भएर आयो भने त्यसको जिम्मा म लिन्छु जनतालाई सिफारिस दिने कुरा नरोकिदिनु भनेपछि मैले बनाइदिए ।’
‘वित्तिय अनुशासनको उल्घंन’ अर्थविद्ध
यसरी बजेट तथा कार्यक्रम नै पारित नगरि आर्थिक कारोबार गरिदा अनियमितता बढ्ने भन्दै यसलाई तत्कालै बन्द गरिनु पर्ने अर्थ तथा राजस्व सम्बन्धीका बिज्ञको भनाई छ । त्रिभूवन विस्व विद्यालयका अर्थशास्त्र बिभागका उप प्राध्यापक डा. दिलनाथ दंगालले नयाँ आर्थिक वर्षको बजेट नै पास नगरि एक रुपैँयाको पनि आर्थिक कारोबार गर्न नमिल्ने बताउनु भयो ।
यसले वित्तिय अनुशासनको उल्घंन हुनुका साथै सबै कारोबार बेरुजु देखिने हुँदा यस्ता कार्य तत्कालै रोकिनु पर्ने प्रा.डा. दंगालले बताउनु भयो । उज्यालो खवरसँग कुरा गर्दै दंगालले भन्नु भयो पालिकाका सरकारले समयमा बजेट चाहि पास गर्न नसक्ने तर आर्थिक कारोबार गर्न चाहि सहज बनाउने हो भने आर्थिक अनियमितता हुन सक्ने यो भन्दा बलियो उदाहरण के हुन्छ ?
नयाँ आर्थिक विधेयकमा करको दर हेरफेर भएर आउन सक्ने भएकोले कुन करको दरका आधारमा राजस्व संकलनु गर्नु ? त्यो स्पष्ट आधार नहुने भएकोले त्यसरी बजेट , निति तथा कार्यक्रम सभाबाट पास नभएसम्म आर्थिक कारोबार नै गर्न नपाइने प्राडा दंगालले प्रष्ट पार्नु भएको छ ।
दमक नगरपालिकाले असार १० गते आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेट, निति तथा कार्यक्रम दमक नगरसभामा पेष गरेको छ । तर चौथो पटक सम्म सभा स्थगीत भएका कारणले सभामा पेष भएको बजेट, नितिी तथा कार्यक्रम पारित हुन सकीरहेको छैन ।










