दमक/
दमकमा रहेको दिव्य महिला कृषी समुहले यहाँको वडा नं ४ मा ३ सय वटा बाख्रा पालनको कार्यक्रम सञ्चालन गरिरहेको छ ।
दमकलाई मासुमा आत्म निर्भर बनाउँन भन्दै सरकारी अनुदान तथा सस्थाको आफ्नै लगानीमा बाख्रा पालन भइरहेको छ । जहाँ अहिले ३ सय वटा माउ बाख्रा र १५ वटा बोयर जातका बोका रहेका छन् ।
यो परियोजनाको नाम खसी -बोेकाको मासु तथा मासुजन्य पदार्थ उत्पादन हो । कुल १ करोड ७४ लाख ८ हजारको लगानीमा ८७ लाख ४ हजार रुपैँया आयोजनाको अनुदान रहेको छ । बाँकी मध्ये ५२ लाख २२ हजार ४ सय रुपैँया वित्तिय सस्थाको ऋण रहेको छ भने बाँकी ३४ लाख ८१ हजार ६ सय रुपैँया सहकारीको लगानी रहेको छ ।
नेपाल सरकारको कृषि तथा पशु पन्छी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाईभ स्टक सेक्टर इनोभेसनआयोजना विकेन्द्रिकरण आयोजना सहयोग इकाइ मार्फत अनुदान प्राप्त भएको हो ।
यो परियोजनाको नियम अन्तर्गत परियोजना सुरु गर्नु पूर्व र सम्झौता भएबमोजिम पूणर् भएपछि लाभग्राहिलाई राखेर अनिवार्य सार्वजनिक सुनुवाई कार्यक्रम गर्नु पर्ने हुन्छ । सोहि अनुसार बिहिबार दमक नगरपालिकाका प्रमुख राम कुमार थापाको प्रमुख आतिथ्यातामा सार्वजनिक सुनुपाई सम्पन्न गरिएको छ ।
खसि बोकाको मासु उत्पादन गरेर महिलाहरुको आय आर्जन बृद्धि गर्ने लक्ष्यका साथ सुरु गरिएको यो परियोजनाले नश्ल सुधार गरि गुणस्तरिय खसी बोका उत्पादन गर्ने काम गर्दछ ।
साथै नयाँ प्रविधिको प्रयोग गरि आर्थिक रुपमा दिगो विकास गरि श्रोत केन्द्रको रुपमा विकास गरिने सस्थाकी अध्यक्ष अनिता खत्री(भण्डारी)ले जानकारी दिनुभयो ।










