"व्यायाम गर्न प्रोत्साहन"

दमकमा अनुप-ममताको एक दिने ‘ग्रुप कार्डिओ वर्कआउट’ (भिडियो सहित)

दमक/
सामाजीक सञ्जाल टिक- टकमा निकै मनपराइएको जोडि हो अनुप सुवेदी र ममता प्रसाईको । यी दुवै जना व्यायामका प्रशिक्षक हुन । व्यायामबाट शारिरिक तथा मानसिक रुपमा तन्दुरुस्त बनाउन यो जोडिले देशब्यापी आयोजना हुने कार्यक्रममा पुगेर सहजीकरण पनि गरिरहेको छ ।
यसै सन्दर्भमा शनिबार झापाको दमकमा पनि एक भव्य ग्रुप कार्डिओ वर्कआउट सम्पन्न भएको छ । यही जोडीले प्रशिक्षण दिएको कार्यशालामा दमक र यस आसपासका सयौ जनाको सहभागीता रहेको थियो ।
मेचि महाकाली बुहारी संयूक्त आवाज उपशाखा दमकले आयोजना गरेको यो कार्यक्रममा सहभागी हुन शनिबार एका बिहानै अनुप -ममताका फ्यानहरु कार्यक्रम स्थलमा आइपुगेका थीए ।
सहभागीहरु मध्ये अधिकांस विभिन्न व्यायामशालामा व्यायाम गरिरहेका, कराते सिकिरहेका, विभिन्न डास्स सन्टरमा डान्स सिकिरहेकाहरु थीए । केहि अतिरिक्त सहभागीहरुको पनि कार्यक्रममाउपस्थिती थीयो । पूरुषको भन्दा महिलाको संख्या बढि भएपनि कार्यक्रममा बालबालिका तथा ५० वर्ष उमेर पार गरिसक्नु भएकाहरुको पनि सहभागीता थियो ।
टिक-टकमा व्यायामका बारेमा जानकारी दिदै आइरहेको अनुप-ममताको यो जोडिबाट प्रत्यक्षरुपमै प्रशिक्षण लिन पाउँदा सहभागीहरुमा उत्साह पनि देखिएको थियो ।
पछिल्लो सयम कार्य व्यस्तता तथा असाधारण खानपिनका कारण मानीसहरुमा शारिरिक रुपमा विभिन्न समस्याहरु आइरहेकोले त्यसको निराकरण व्यायामनै हुने प्रशिक्षक ममता प्रसाईले बताउनु भयो ।
अप्रत्यासित रुपमा मानीसहरुको तौल बढ्नु, शरिर दुख्नु तथा अन्य रोगहरुले आक्रमण गरेर तौल घटाउन, पेट घटाउन बढिमात्रामा आफुसँग सम्पर्कमा आउने गरेको प्रसाईले सुनाउनु भयो ।

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख राम कुमार थापा प्रमुख अतिथी रहनु भएको थियो । यस प्रकारको कार्यक्रमले दमकलाई निरोगी राख्न र स्वस्थ नगर बनाउने अभियानमा सहयोग पुग्ने विस्वास प्रमुख थापाको रहेको छ ।

उपशाखाकी संयोजक जमुना निरौला अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सचिव रिना चेम्जोजोङले सञ्चालन गर्नु भएको थियो । कार्यक्रम दमक ७ स्थित सिदार्थ बोडिङको प्राङ्गणमा गरिएको थियो ।

भिडियोमा हेरौ

Share: