दमक/
झापाको दमक दुई निवासी सरोज सिहं दौडन सिपालु हुनुहुन्छ । आफ्नै बलबुताले गर्दा उहाँले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका दौड प्रतियोगिता तथा म्याराथनमै पनि सहभागी भइ सक्नु भएको छ ।
आर्थिक रुपमा कमजोर भएपनि आफ्नै मिहनत र परिश्रमले उहाँले आफ्नो क्षमतालाई प्रदर्शन गर्दै आउनु भएको छ ।
गत साउन २६ गते उज्याले खवरले सरोजको संघर्षको बारेमा समाचार प्रकाशन गरेको थियो । त्यहाँ उहाँले भिडियो मार्फत नै आफु आर्थिक अभावकै कारण दौड प्रतियोगितामा सहभागी हुन नसकिरहेको बारेमा जानकारी गराउनु भएको थियो ।
सो समाचार प्रकाशन भएपछि उहाँलाई सहयोग गर्नेहरु निस्कन थाल्नु भएको छ । कोहि व्यक्तिगत रुपमा सहयोग गर्ने भनेर प्रतिवद्धता जनाइरहनु भएको छ भने कोहि सस्थागत रुपमा उहाँलाई आर्थीक सहयोग र खेलकुदको क्षेत्रमा अघी बढाउने जिम्मा नै लिने गरिको पनि तयारी दमकमा हुन थालेको छ ।
यसै सन्दर्भमा शनिबार दमकमा रहेको लायन्स क्लव अफ दमक बिग बुद्ध र लिओ दमक बुद्धले सरोजलाई नगद सहयोग गरेको छ । क्लवका अध्यक्ष मनोज रिजालको अध्यक्षतामा आयाजना गरिएको सो कार्यक्रममा उहाँलाई नगद १५ हजार पाँच सय रुपैँया हस्तान्तरण गरिएको हो ।
लायन्स क्लव अफ दमकका जोन चेयर पर्सन तथा लायन्स क्लव अफ दमक बिग बुद्धका पूर्व अध्यक्ष कमल उदासको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा सरोजलाई आर्थीक सहयोग गरिएको हो ।
क्लवका द्धितिय उपाध्यक्ष रुवल अधिकारीले सञ्चालन गरेको कार्यक्रममा लिओ क्लव अफ दमक बिग बुद्धका अध्यक्ष तथा अन्य पदाधिकारीहरुको पनि उपस्थित रहेको थियो । कार्यक्रम दमक स्थित थकाली किचनमा सम्पन्न गरिएको हो ।
यो आर्थीक सहयोग पाएपछि सरोज भारतको बिरपाडा भन्ने ठाउँमा हुने दौड प्रतियोगितामा सहभागी हुन शनिबार नै त्यसतर्फ प्रस्थान गर्नु भएको छ । प्राप्त सहयोगले आफुहरुलाई त्यहाँ हुने प्रतियोगितामा सहभागी हुनु पूर्व गरिने पूर्व अभ्यास तथा , यातायात खर्चमा सहयोग पुग्ने बताउनु भयो ।
भिडियो हेरौ