"थप अनुसन्धान जारी"

नेदरल्याण्ड्स पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

 

 

नेदरल्याण्ड्स पठाइदिन्छु भन्‍दै रकम ठगेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

खोटाङको बाह्रपोखरी गाउपालिका ५ देवथान घर भई हाल काठमाडौंको कोटेश्वरमा बस्‍दै आएका ३५ वर्षीय प्रकाश राईलाई प्रहरीले पक्राउ गरेको हो ।

राईले रसुवा गोसाइकुण्ड गाउँपालिका ५ ठूलोस्याप्रूका २७ वर्षीय निमा काल्तेन तामाङलाई वर्किङ भिसामा विदेश पठाइदिने भन्‍दै प्रति व्‍यक्ति १६लाखका दरले १६ जनाबाट १ करोड ३६ लाख ५० हजार रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार कोटेश्वरबाट पक्राउ गरेको जनाइएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

 

Share: