झापामा ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका–४ बस्ने ६८ वर्षीय रामजुलुम नायक रहेका छन् ।
साउन २७ गते ना.८ख ३३३३ नम्बरको ट्रकले दक्षिणबाट उत्तरतर्फ आइरहेको प्रदेश नं.१–०४–००१ प २४५५ नम्बरको स्कुटीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि विराट नर्सिङ होममा भर्ना गरिएको थियो ।