"दुर्घटना"

उदयपुरमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

 

उदयपुरको कटारी नगरपालिका ८ स्थित कुरिभन्ज्याङमा टिपर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार, कटारी बजारबाट सिमेन्ट बोकेर घुर्मीतर्फ जाँदैगरेको बा ४ ख ५६७१ नम्बरको टिपर मंगलबार बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृतकमा कटारी –८ पाखाटोलका ४५ वर्षीय नरबहादुर मगर र ४० वर्षीय मिरचिङकान्छा मगर छन् । दुर्घटनामा परी कटारी–८ कै ४० वर्षीय चन्द्रबहादुर मगर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते मगरको कटारी अस्पतालमा उपचार भइरहेको छ । सिमेन्ट बोकेर जाँदै गरेको टिपर उकालो चढ्न नसक्दा सडकबाट करिब २ सय मिटर तल खसेको स्थानीयले बताएका छन् ।

दुर्घटनापछि टिपर चालक कटारी–११ का घु्रव बस्नेत फरार छन् । चालकको खोजी भइरहेका प्रहरीले जनाएको छ ।

Share: