बालिका अपहरण गर्ने प्रेमी–प्रेमिका जेल चलान

 

 

 

 

विराटनगर  मोरङको बूढीगङ्गा गाउँपालिका–१ की एक वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा पक्राउ परेका प्रेमी जोडी पुर्पक्षका लागि जेल चलान भएका छन् ।

दीपेन यादवकी छोरी निकिशा यादवलाई अपहरण गरेको आरोपमा पक्राउ परेका विराटनगर–६ रामपुर चौकका २७ वर्षीय रविन्द्रकुमार साह र विराटनगर–५ कारखाना टोलकी २७ वर्षीया अनु साह जेल चलान भएका हुन् । पुर्पक्षका लागि जेल चलान भएका रविन्द्र र अनु प्रेमी–प्रेमिका हुन् ।

मोरङ अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले पक्राउ परेका दुवै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेपछि सोमबार मोरङ कारागार चलान भएको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

२ साउनमा विराटनगर–१२ रोडशेष चौकबाट अनु र रविन्द्रले बालिकालाई अपहरण गरेर भारतको दरभङ्गा पु¥याएका थिए । अपहरण गरेको दुई दिनपछि प्रहरीले दरभङ्गाबाट उद्धार गरेर ४ साउनमा विराटनगर ल्याएर परिवारलाई जिम्मा लगाएको थियो भने पक्राउ परेका आरोपीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

पक्राउ परेकामध्ये बालिका अपहरण गर्ने मुख्य योजनाकार रविन्द्र रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरूले १५ लाख रुपैयाँ फिरौती लिने उद्देश्यले बालिकाको अपहरण गरेको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

रविन्द्र र बालिकाका बुबा दीपेन सानैदेखिका साथी हुन् । दीपेन पेशाले इन्जिनियर हुन् । दीपेनकी पत्नी अध्ययनका लागि काठमाडौंमा बस्दै आएकी छन् । ‘दीपेनको आर्थिक अवस्था मजबुत भएको कारणले रविन्द्र पैसाको लोभमा परेको देखिएको छ । सम्पत्तिमा आँखा गाडेका रविन्द्रले आफ्नी प्रेमिका अनुको सहारा लिए ।

अनु र दीपेशलाई रविन्द्रले चिनजान पनि गराइदिए’ मोरङ प्रहरी प्रमुख कोइरालाले भने, ‘यो चिनजान अढाई महिनाअघि मात्रै भएको देखिन्छ ।’ यसबीचमा अनुले दीपेनसँग ‘प्रेम’ मा परेको अभिनय गर्न थालिन् । दीपेन पनि उनीसँग नजिकिएको देखिएको प्रहरीको भनाइ छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो

दमकमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त–नियम कार्यान्वयन गर्नै सकेन नगरले

दमक, २७ कार्तिक । दमक नगरपालिकामा रहेका मुख्य बजार क्षेत्रहरुको सडकहरुमा ट्राफिक व्यवस्थापन गर्न र दुर्घटना न्युनीकरण गर्नका लागी भनेर एकतर्फी पार्किङको नियम बनाईएको थियो