मोरङको सुनवर्षीमा सर्पदंशका कारण एक जनाको मृत्यु 

p02qvthx

 

 

 

मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियामा सर्पदंशका कारण बुधबार राति एक जनाको मृत्यु भएको छ ।

सर्पले टोकेर सुनवर्षी–९ का २९ वर्षीय सञ्जय सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाहिरबाट घर फर्कने क्रममा राति १२ बजेतिर उनको खुट्टामा सर्पले टोकेको खुलेको छ । उनलाई कुन सर्पले टोकेको हो भन्ने यकिन हुन बाँकी रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

घरनिजकै आइपुगेपछि आफूलाई सर्पले टोकेको भनेर उनले परिवारमा जानकारी गराएका थिए । त्यसलगत्तै आमाले उपचारका लागि रङ्गेली अस्पताल ल्याउने क्रममा बाटैमा सिंहको मृत्यु भएको डिएसपी श्रेष्ठको भनाइ छ ।

उनका अनुसार शव रङ्गेली अस्पतालमै राखेर घटनाको अनुसन्धान सुरु गरिएको छ । गर्मी मौसमसँगै पछिल्लो समय तराईमा सर्पदंशका बिरामी बढ्न थालेका छन् ।
 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधिन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाईते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन