"राप्रपा र काग्रेस पहिरो"

राप्रपा अध्यक्ष लिङ्देनकै क्षेत्रमा राप्रपा परित्याग गरि एमाले प्रवेश गर्नेको लर्को, अध्यक्ष ओलीद्धारा स्वागत सम्मान

 

 

 

बनियानी । कचनकवलमा राप्रपा र नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि १५ सय भन्दा बढी एमाले प्रवेश गरेका छन् । यो प्रबेशसगै राप्रपालाई ठूलो क्षती पुगेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गरेका छन् । राप्रपाका नेता शेर आलम सहितका नेता कार्यकर्ता एमाले प्रबेश गरेका हुन् । उनी कचनकवल गापाका पूर्व अध्यक्ष अन्जार आलमका भाइ हुन् ।

एमालेमा राप्रपा,काङ्ग्रेस र माओबादीका कार्यकर्ता प्रबेश गरेको एमाले कचनकवलले जनाएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको प्रभाव क्षेत्र मानिएको कचनकवलमा एमालेले बृहत् शक्ति प्रदर्शन गरेको छ ।

 

 

Share: